१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 29 June, 2024
२o८१ असार १२ बुधबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ पहिरो अपडेट : बेपत्ता चारैजनाको शव निकालियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १३:४६:oo

लमजुङको क्व्होंलासोथार गाउँपालिका– ३ बगुम गाउँमा निरन्तरको वर्षासँगै आएको पहिरोले घर बगाउँदा पुरिएका चारैजनाको मृत्यु भएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता गुरुङ र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चापाईंले बताए ।

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । वडासदस्य विनप्रसाद घलेका अनुसार गएराति १२–१ बजेतिर गएको पहिरोले तीनवटा घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका थिए ।
 

ad
ad
ad
ad