१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीको अर्जेमा पहिरोमा पुरिएर एकको मृत्यु, एकै घरका चार बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o८:४४:oo

गुल्मीको मालिका गाउँपालिका-६ अर्जेमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । परिवारका चार जना बेपत्ता भएका छन् । शुक्रबार रातिको अविरल बर्षाको कारण आएको पहिरोका कारण अर्जे ठाँटीपोखरीका यम बहादुर विक भन्ने भेष बहादुर कामीको घर पुरिएको छ ।

पहिराेमा पुरिएका भेष बहादुकाे शव अहिले निकालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए । बेपत्ता अरु सदस्यहरुको खोजि भइरहेको शर्माले बताए ।

घटनास्थलमा नेपाल प्रहरी पुगिसकेकाे छ । नेपाली सेना र सशस्त्र प्रहरी जाँदै छ । स्थानीय बुद्धिप्रकाश भण्डारीका अनुसार घर माथिबाट आएको पहिरोले भेष बहादुर कामीसहित श्रीमती, बुहारी र दुई नातिनी पुरिएर बेपत्ता भएका छन् । अहिले स्थानीय र सुरक्षाकर्मीको टोलीले बेपत्ताहरुको खोजीकार्य गरिरहेको छ ।

ad
ad
ad
ad