१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १२:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा गोल्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १२:१६:oo

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन्। मञ्चको काठमाडौं च्याप्टरको आइतबार सम्पन्न छैटौँ वार्षिक साधारणसभाले अध्यक्षमा गोल्छासहित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । 

नवनिर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीले उद्यमशीलता प्रवद्र्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।

ad
ad
ad
ad