१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १५ शनिबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार o७:५८:oo

बोर्ड अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईं अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए । त्यसमध्ये कार्की, अधिकारी र चापागाईं अनुपस्थित हुँदा छनोट प्रक्रिया नै रोकियो ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक सूचनामार्फत यसको जानकारी गराएको हो । 

‘धितोपत्र बोर्डका अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको २०८१÷०३÷१४ को निर्णयअनुसार बोर्डको अध्यक्षका निमित्त नाम सिफारिस गर्नका लागि मिति २०८०÷११÷१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ समितिले भनेको छ ।

बोर्ड अध्यक्षको नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यका रूपमा उदय निरौला रहेको समिति गठन गरिएको थियो । 

समितिले १६ फागुनमा सूचना प्रकाशन गरी छनोटसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाएको थियो । त्यसपछि बोर्ड अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईं अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए । त्यसमध्ये कार्की, अधिकारी र चापागाईं अनुपस्थित हुँदा छनोट प्रक्रिया नै रद्द भएको हो ।

धितोपत्र बोर्ड ऐनले अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरे पनि अन्तिम छनोट प्रक्रियासम्म आइपुग्दा दुईजना मात्रै उपस्थित भएपछि समिति द्विविधामा परेको थियो । 

९ असारमा अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमा रायका लागि पत्राचारसमेत गरेको थियो । कार्यालयले १० असारमा पत्र लेख्दै सिफारिस समितिले बोर्ड अध्यक्षमा नाम सिफारिस गर्दा योग्यता पुगेका तीनभन्दा बढी संख्यामा सिफारिस गर्दा बाधा नपर्ने राय दिएको थियो । साथै, छनोट समितिले अध्यक्ष पदमा सिफारिस गर्दा कार्यविधि आफैँ निर्धारण गर्न सक्ने र तोकिएको कानुनी व्यवस्थाअनुसार सिफारिससम्बन्धी निर्णय गर्न सक्ने देखिएको राय पनि महान्यायाधिवक्ताको कार्यालयले पठाएको थियो । 

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा दाबेदारमध्येबाट व्यावसायिक र दक्ष व्यक्तिलाई सरकारले छिट्टै बोर्ड अध्यक्ष नियुक्त गर्ने जानकारी दिएका थिए । ‘पूर्वअर्थमन्त्रीकै समयमा सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थसचिव पदेन र एकजना विज्ञसहित तीन सदस्यीय समिति गठन गरेको रहेछ । समितिले अध्यक्ष छनोटका लागि आवेदन मागेकामा १९ जनाले आवेदन दिएको र त्यसमध्ये पाँच जनालाई सर्टलिस्ट गरेको अवस्था छ,’ मन्त्री पुनले भनेका थिए, ‘पाँचजनामध्येबाट प्रस्तुतिका लागि बोलाउँदा दुईजना मात्र आउनुभयो ।’

ad
ad
ad
ad