१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
रामकाजी तिवारी
२o८१ असार १७ सोमबार ११:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मनसुनमा हाइकिङ : छोटो दूरीका पाँच गन्तव्य

Read Time : > 1 मिनेट
रामकाजी तिवारी
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार ११:१o:oo

हिजोआज हाइकिङ जान चाहनेहरूको संख्या बढ्दो छ । दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँधुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः सहरिया युवायुवती शनिबार वा बिदाका दिनमा हाइकिङ जाने गरेको पाइन्छ । सपरिवार हाइकिङ जानेको संख्या पनि बढ्दो छ । हाइकिङ शारीरिक दृष्टिकोणले पनि राम्रो मानिन्छ । यसले रमाइलोसँगै शारीरिक कसरतमा सहयोग गर्छ । अहिलेको मौसममा पानी पर्ने भएकाले टाढाको भन्दा पनि नजिकको गन्तव्य रोज्नु राम्रो हुन्छ । शिवपुरी, चन्द्रागिरि, बुङमती, गोदावरी, फुल्चोकी, लाँकुरीभञ्ज्याङ, नागार्जुन, तारेभिर, सुन्दरीजललगायत ठाउँ जान सकिन्छ । 

शिवपुरी
शिवपुरी जान बुढानीलकण्ठ पानी मुहानबाट यात्रा सुरु गर्न सकिन्छ । यहाँ तारेभिरको बाटो हुँदै पनि जान सकिन्छ । बागद्वार हुँदै शिवपुरी पिकमा पुगिन्छ । बागद्वार बागमती नदीको मुहान हो । यस यात्राका दौरान अधिकांश समय जंगलभित्रको बाटोमा हिँडिने भएकाले गर्मी हुँदैन ।

चराचुरुंगीको आवाज सुन्दै हरियाली हेर्दै हिँड्न सकिन्छ । प्रकृतिप्रेमीहरूका लागि यो निकै मन पर्ने स्थान हो । शिवपुरी पिकबाट लाक्पादोर्जे, लाङटाङ हिमाल पनि देख्न देखिन्छ । त्यसपछि कामधेनु हुँदै पानी मुहान हुँदै फर्किन सकिन्छ वा गुर्जेभञ्ज्याङ हुँदै टोखा फर्किन सकिन्छ । शिवपुरीभित्र प्रवेश गर्न सय रुपैयाँ शुल्क लाग्छ । खानेकुरा आफैँ बोकेर जानुपर्छ, शिवपुरीभित्र प्रवेशपछि केही पाइँदैन । सपरिवार वा साथीभाइसँग घुम्न जानका लागि यो राम्रो गन्तव्य हो । 

जामा चो
बालाजु बाइपास हुँदै फूलबारी गेटसम्म जान सकिन्छ । प्रवेश गेटमा सय रुपैयाँ शुल्क तिर्नुपर्छ । यहाँ जाने दुईवटा बाटा छन् । यहाँ हाइकिङ गर्न चार घण्टाजति समय लाग्छ । नौ किलोमिटरजति दूरी छ । अधिकांश बाटो ठाडो उकालो छ । बाटो जंगलभित्र छ । सबैभन्दा माथि जामा चो गुम्बा छ । त्यहाँबाट गणेश, लाङटाङ, गौरीशंकर, मनासलु आदि हिमालको दृश्यावलोक गर्न सकिन्छ । यो शिवपुरी–नागार्जुन क्षेत्रमा पर्छ । सवारीसाधनमार्फत पनि जामा चो पुग्न सकिन्छ । 

चन्द्रगिरि/चम्पादेवी
टौदहबाट यात्रा सुरु गर्दा अधिकांश समय उकालो हिँड्नुपर्छ । चम्पादेवी भष्मासुर हुँदै थाप भञ्ज्याङ हुँदै चन्द्रागिरि पुग्न सकिन्छ । जंगलको बाटो भएकाले शीतल हुन्छ । चन्द्रागिरि भालेश्वरी मन्दिर दर्शन गर्न सकिन्छ । फर्कँदा केबुलकार चढेर फर्कन पनि सकिन्छ ।

 लाँकुरीभञ्ज्याङ
सातदोबाटो–लामाटार हुँदै यहाँ पुग्न सकिन्छ । लामाटारबाट सवारीमा सीधै लाँकुरीभञ्ज्याङ पुग्न पनि सकिन्छ । हाइकिङ गर्दै जान पनि सकिन्छ । यो क्षेत्रमा होटेल–रेस्टुराँहरू पनि खुलेका छन् । भ्युटावरबाट हिमशृंखलाहरू पनि अवलोकन गर्न सकिन्छ । जंगलको बाटो भएकाले हरियाली हेर्दै हिँड्न सकिन्छ । गर्मी मौसममा यहाँको यात्रा गर्दा शीतल र आनन्ददायी हुन्छ । 

फुल्चोकी
गोदावरीबाट सवारी लिएर वा हिँडेर जान सकिन्छ । फुल्चोकीमा आर्मीको ब्यारेक छ । त्यहाँ क्यान्टिन पनि भएकाले खाजा मगाएर खान सकिन्छ । फुल्चोकीमाईको मन्दिर दर्शन गर्न पाइन्छ । यो क्षेत्रमा पुग्दा निकै आनन्दित र शीतल महसुस हुन्छ । मौसम खुलेका वेला यहाँबाट उत्तरतर्फ हिमशृंखला तथा दक्षिणतर्फ तराईका क्षेत्रसमेत अवलोकन गर्न सकिन्छ । 

ad
ad
ad
ad