१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २३ मंगलबार ०८:४५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘मानसिक स्वास्थ्य समस्या निराकरणमा परिवारको भूमिका महत्वपूर्ण’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २३ मंगलबार ०८:४५:००

वरिष्ठ मनोरोग विशेषज्ञ एवं मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले पछिल्लो समय नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले परिवारबाटै यसको निराकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर सोमबार एरिया वन अप्टिमिस्ट क्लब अफ काठमाडौंले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले समाजमा विद्यमान मानसिक रोगसम्बन्धी समस्या र त्यसको निराकरणको उपायबारे जानकारी दिए ।

कांग्रेस बागमती प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले प्रदेश सरकारको तर्फबाट मानसिक स्वास्थ्यका लागि आवश्यकताअनुसार नीति–नियमका साथै उपचार सुविधामा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका अध्यक्ष एवं चलचित्र निर्देशक सुनील पाण्डेले मानसिक रोग अन्य रोगजस्तै भएको, समयमै उपचार गरेको अवस्थामा रोगको प्रकृतिअनुरूप नियन्त्रणमा राख्न सकिने र कतिपय रोग पूर्ण रूपले निर्मूल गर्न सकिने बताए । विश्व मानसिक स्वास्थ्य दिवस क्लबले सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।