१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मानसिक स्वास्थ्यका लागि नियमित ध्यान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:१४:oo

ध्यान एक त्यस्तो मानसिक अवस्था हो, जहाँ मानिसले आफ्नो मस्तिष्क र मनलाई एकाग्र गर्ने कोसिस गर्छ । प्राचीन कालदेखि नै मानिसले ध्यानको अभ्यास गरिरहेका छन् । नियमित रूपमा ध्यान गर्नेहरूले विपरीत परिस्थितिमा पनि आफ्नो मानसिक सन्तुलन सुदृढ राख्न सक्छन् । 

यी कुरा ख्याल राखौँ 

ध्यान गर्नका लागि सही समय छान्नुस् । बिहान ४ बजेदेखि साँझ ४ बजेसम्मको समय उत्तम मानिन्छ । यस अवधिमा सूर्य र पृथ्वीबीचको कोण ६० अंश (६० डिग्री) मा हुन्छ भन्ने मान्यता छ, जसकारण यस समय ध्यान गर्दा पियूष ग्रन्थि र शीर्ष ग्रन्थिमा राम्रो प्रभाव पर्छ भन्ने मान्यता छ । यद्यपि, आफ्नो अनुकूलताअनुसार जुनसुकै समयमा पनि ध्यान गर्न सकिन्छ । 

- शान्त स्थानमा ध्यान गर्नुस् । जहाँ तपाईंको ध्यानलाई भड्काउने कोही नहोस् । आरामदायक स्थितिमा बस्नुस् । शान्त, आरामदायी र स्थिर भएको 
अनुभव गर्नुस् । 

- आफ्नो करङ सीधा राख्नुस् । सीधा बस्नुस् । 

- अभ्यासको समय पेट खाली हुनु राम्रो हुन्छ । त्यसैले भोजन गर्नुभन्दा पहिले ध्यान गर्नु राम्रो हुन्छ । भोजन गरिसक्नुभएको छ भने केही समय ग्याप राखेर मात्रै ध्यानमा बस्नुस् । 

- आरामदायक कपडा लगाउनुस् । 

- यदि चिसो महसुस भइरहेको छ भने पहिले केही अभ्यास वा योग गरेर शरीर तताउने र त्यसपछि ध्यान गर्दा हुन्छ । 

- गहिरो सास लिनुस् । ध्यान गर्दाको समय आफ्नो अनुहारमा हल्का मुस्कान कायम राख्नुस् । यसले तपाईंलाई आरामदायी र शान्त महसुस गराउँछ । जसकारण ध्यानमा मन जान्छ । 

- आँखा बन्द गर्नुस्, यसले मन भट्किन पाउँदैन । 

- ध्यानको अवधि समाप्त भएपछि बिस्तारै आफ्नो आँखा खोल्नुस् । तपाईंले ताजापन महसुस गर्नुहुन्छ । 

ध्यानका फाइदा 

केन्द्रित ध्यान, आध्यात्मिक ध्यान, गतिमान ध्यान, मन्त्र ध्यानलगायत ध्यानका धेरै विधि र प्रकार छन् । कुनै चोट वा दुर्घटना, अत्यधिक कामको चाप, दैनिक जीवनका समस्यालगायत विभिन्न कारणले निम्तिने तनावलाई ध्यानले कम गर्छ र मस्तिष्कलाई शान्त राख्न सहयोग गर्छ । 

- तनाव कम भएपछि चिन्ता पनि कम भएर जान्छ । चिन्ताका कारण निम्तिने विभिन्न रोग, फोबियालगायतलाई नियन्त्रण गर्न यसले सहयोग गर्छ । सामाजिक चिन्ता अर्थात् समाजले के भन्छ भन्ने चिन्ताले पनि धेरै मानिसलाई तनाव दिइरहेको हुन्छ, यस्ता समस्यालाई ध्यानले कम गर्छ । 

- भावनात्मक स्वास्थ्यका लागि ध्यान निकै राम्रो छ । यसले आफैँप्रति हेर्ने नजर परिवर्तन गर्न भूमिका खेल्छ र मानिस आफ्नो जीवनप्रति सकारात्मक हुन थाल्छ । 

- ध्यानले स्वयंलाई बुझ्नका लागि सहयोग गर्छ । जसकारण, तपाईं आफ्ना समस्या र विपरीत परिस्थितिमा पनि आफैँलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । 

- ध्यानले मानिसको एकाग्रता बढाउँछ । एकाग्रतामा सुधार भएपछि मानिसको स्मरणशक्तिमा पनि सुधार आउँछ । 

- अनिद्राको समस्या अहिले विश्वमै जटिल बनेर गइरहेको छ । ध्यानले यो समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्छ । ध्यान गर्नेहरूलाई समयमै गहिरो निद्रा पर्ने गरेको पाइन्छ ।

(माई उपचार डटकमबाट)

ad
ad