१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मानसिक स्वास्थ्य समस्या भएकालाई भेदभाव नगरौँ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन्। 

उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन्।

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरू अगाडि बढाउन जरुरी रहेको उल्लेख गरेका छन्।  

‘मानसिक बिरामी पनि अन्य सामाजिक रोगीजस्तै हुन्। त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरूलाई सम्मानजनक व्यवहार गरौँ,’ उनले भने।  

मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ ।’ 

उनले नेपालमा दशमध्ये एकजना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।  

प्रधानमन्त्री दाहालले भने, ‘समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैंगिक भेदभाव, अपेक्षाअनुरूपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिक रूपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ। यस्ता प्रचलनहरू अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन्।’

उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निद्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरे। 

ad
ad