Skip This
उपचार नपाएर साङ्लोमा बाँधिएको एउटा जीवन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १६:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

उपचार नपाएर साङ्लोमा बाँधिएको एउटा जीवन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १६:५१:oo

३५ वर्षीय रेशम राना अर्धचेत भएर साङ्लोमा बाँधिएको धेरै भयो। उदास अनुहार, लामो कपाल र झुत्रे पहिरन। साङ्लो कहिले हातमा त कहिले खुट्टामा बाँधिएको हुन्छ। उनी बेला बखत पीडा र बिमारले चिच्याउँछन्। साङलोबाट फुत्किएर स्वतन्त्र हुने कोसिस गरे पनि सक्दैनन्। फलाम रगडिएर हात र खुट्टाबाट रगत बग्छ। उनी १८ वर्षको उमेरदेखि मानसिक समस्याबाट पीडित छन्।

कमाउने उमेरको छोरा बिस्तारामा ढलिरहँदा राना परिवारमा अर्थोपार्जनको विकल्प छैन। बाग्लुङ बडिगाड गाउँपालिका– २ का ६३ वर्षीय रेखबहादुर रानाले उपचार गर्न नसकेर चार वर्षदेखि छोरालाई साङ्लोमा बाँधेर राखेका छन्। रेशम १२ वर्षको उमेरमा भारत पसेका थिए। सानै उमेरमा पनि उनी राम्रै कमाउँथे। बुबा रेखबहादुर पनि भारतमै थिए। दुईपटक छुट्टीमा राम्रोसँग घर आए पनि तेस्रोपटक भने रेशम मानसिक सन्तुलन गुमाएर घर फर्किए।

परिवारले पाटन, टिचिङ र भैरहवा लगेर उपचार गरे। रेखबहादुरले भारतमा कमाएको पैसा छोराको उपचारमै सके। अब विपन्न परिवारसँग सम्पत्तिको नाममा बुढेसकालमा ओत लाग्ने घर र रुखो बारी मात्र बाँकी छ। दैनिक छोराको समस्या बल्झिँदै गए पनि अस्पताल पुर्‍याउन विकल्प छैन। आर्थिक अभावमा रेशमलाई औषधि खुवाउन छोडेको एक वर्ष बढी भयो। छोराको अवस्था सुधार नभएपछि आफू घर फर्किएको बुबा रेखबहादुरले बताए।

‘घरको जेठो छोरो १८ वर्षदेखि बिरामी छ। मैले भारतमा कमाएको उपचारमा सकेँ,’ उनले भने, ‘आफूले जन्माएको छोरालाई पशुसरह बाँधेर राख्ने रहर होइन।’ दिसापिसाब गर्दा बुबा आमाले चाबी खोलेर साङ्लो छुटाउछन्। त्यसबाहेक सधैँ पशुसरह बाँधिनु रेशमको नियति बनेको छ। गाउँ र वनजंगल डुल्ने, बिराम गर्ने, स्थानीयलाई कुटपिट गर्ने र घरमै नफर्किने भएपछि परिवारले उनलाई बाँधेर राख्न थालेको हो।

बुबासँगै कमाउन गएको छोरा मानसिक रोगी भएर घर फर्किएपछि आमा ५४ वर्षीया निमी रानालाई घर व्यवहार मिलाउन निकै चुनौती भयो। समस्या बल्झिँदै गएपछि छोराले स्थानीयलाई कुटपिट गर्दा चौकीसम्म पुगेर जरिवाना तिरेको विगत सुनाइन्। ‘साङ्लाका डाम र घाउ देखेर आमाको मन कस्तो होला! देख्नेलाई केहीबेर कठै लागे पनि आफ्नै बाध्यता छ,’ उनले भनिन्, ‘उपचार पाएर निको भए कमाउने छोरा हो।’ धेरै चुनाव र नेताहरू घरमा आए। भेटिएका सबैलाई उनले छोराको अवस्था देखाए पनि कसैले सहयोग गरेनन्।

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आफूले भर्खरै मात्र सामाजिक सञ्जालमा भिडियो देखेको र उपचार तथा व्यवस्थापनमा सहजीकरण गरिरहेको बताइन्। उनका अनुसार गाउँपालिकाको स्वास्थ्य शाखाको टोली पीडितको घरमा पुगेर बिरामीको अवस्था बुझेर र साङ्लोले बनाएको घाउको उपचार गरेर फर्किएको छ। औषधि उपचारको मात्रै कुरा नभएकाले मानव सेवा आश्रममा व्यवस्थापनसहितको पहल गरिरहेको अधिकारीले बताइन्।

ad
ad