१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिवाइडी ब्लेड ब्याट्रीको ‘नेलपेनेट्रेसन टेस्ट’ सफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४o:oo

नेपालमा बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्कले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्न नेल पेनेट्रेसन टेस्ट गरेको छ । ब्याट्रीको ताप बहन गर्ने कठिन कार्यका लागि यस्तो परीक्षण गरिन्छ । 

नेल पेनेट्रेसन टेस्टको समयमा ‘ब्लेड ब्याट्री’को प्रदद्र्धनले सुरक्षाका बारेमा धेरै जानकारी दिएको कम्पनीले जनाएको छ । परम्परागत लिथियम आयन एनसिएम ब्याट्री परीक्षणका वेला पाँच सय डिग्री सेल्सियसभन्दा माथिको खतरनाक उच्च तापक्रमसम्म पुगेर आगो लागेको थियो भने ब्लेड ब्याट्रीको सतहको तापक्रम भने ३० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्म पुग्दा आगो वा विस्फोटको सम्भावना देखिएन । बिवाइडीको ब्लेड ब्याट्री वर्षौँको अनुसन्धानको परिणाम हो । 

पारम्परिक लिथियम आयन फोस्फेट ब्लक ब्याट्रीको तुलनामा ब्लेड ब्याट्रीको प्याक संरचनाले ५० प्रतिशतभन्दा बढी ठाउँको उपयोग गर्छ । सँगै ब्लेड ब्याट्रीजस्तै दबाउँदा–कुल्चँदा, मोड्दा र तीन सय सेल्सियससम्मका तापक्रममा र २६० प्रतिशतभन्दा माथि चार्ज गरेको अवस्थाजस्ता परीक्षणमा सफलतापूर्वक पार गरेको छ । सिमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत  सहिल श्रेष्ठ विद्युतीय गाडी उद्योगको ब्याट्री सुरक्षा मान्यतामा बिवाइडीको ब्लेड ब्याट्रीको महŒव निकै रहेको बताउँछन् । 

ad
ad