१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Monday, 01 July, 2024
२o८o भदौ २८ बिहीबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एमजीका दुईवटा इभी एकसाथ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o६:o६:oo

 एमजी गाडीको नेपाली विक्रेता पारामाउन्ट मोटर्सले एमजी फोर इभी र एमजी कमेट इभी सार्वजनिक गरेको छ । कम्पनीले एमजीको इन्ट्री लेबल र मध्यम रेन्जको विद्युतीय कार नेपाली बजारमा ल्याएको हो । 

भारतमा बनेको विद्युतीय कार एमजी कमेटले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने जनाइएको छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ । कमेटमा यात्रुको सुरक्षाका लागि आइपी६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर ब्याग, पार्किङ सेन्सर राखिएको छ ।

एमजी कमेट इभीको सुरुवाती मूल्य १८ लाख रुपैयाँ तोकिएको छ । कमेट इभी प्ले र पेस गरी दुईवटा भेरिएन्टमा उपलब्ध छ । एमजी फोर कम्फर्ट र लक्जरी गरी दुईवटा भेरिएन्टमा उपलब्ध छ । कम्फर्ट इभीको ब्याट्री क्षमता ५१ किलोवाट आवर र मोटर क्षमता ९९ किलोवाट रहेको छ । एमजी लक्जरी इभीको ब्याट्री क्षमता ६४ किलोवाट आवर र मोटर १५० किलोवाटको छ । एमजी फोरको मुख्य आकर्षण इन्डिभिजुअल सस्पेन्सन र रियर हेभी ड्राइभ हो ।

एमजी फोर सिंगल चार्जमा ४३५ किलोमिटरसम्म दौडिन सक्छ । राम्रो ह्यान्डलिङ र ट्र्याक्सनका लागि यसमा रियर ह्विल लेआउट राखिएको छ । यात्रुको सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचर राखिएको छ । एमजी फोर कम्फर्टको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ र एमजी लक्जरी इभीको सुरुवाती मूल्य ५९ लाख रुपैयाँ रहेको छ । 

ad
ad
ad
ad