१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo

बेडरुम सुत्ने ठाउँ मात्रै नभएर मानसिक रूपमा विश्राम लिने स्थल पनि होे । जहाँ पुग्दा तपाईंको शरीरले आराम र शान्ति महसुस गरोस् । त्यसैले आरामदायी बेडरुम बनाउनुपर्छ । बेडरुमलाई कुल देखाउनका लागि हामीले आफूलाई मन पर्ने रङ छनोट गर्न आवश्यक हुन्छ । सामान्यतया हल्का रङ राम्रो मानिन्छ । रङले व्यक्तिको मनोविज्ञानमा प्रभाव पार्छ  । सोचाइ, मनोविज्ञान, स्वास्थ्य अवस्था आदिलाई ध्यानमा राखेर कलर प्रयोग गर्दा राम्रो हुन्छ ।

  • बेडरुममा हरियो, सिल्भर ग्रे, क्रिम, गुलाबीलगायत विभिन्न रङ लगाउन सकिन्छ । प्रायः महिलालाई गुलाबी रङ मन पर्छ । गुलाबी रङलाई प्रेम, खुसी र राम्रो सम्बन्धको प्रतीक मानिन्छ । 
  • क्रिम कलर पनि बेडरुममा उपयुक्त हुन्छ । यसले शान्त महसुस गराउँछ । क्रिम कलरमा ग्रिन कलर पनि कम्बिनेसन गर्न सकिन्छ । 
  • हल्का पहेँलो रङ रोज्न सकिन्छ । यसले आशा र सकारात्मकता दिन्छ । पहेँलो रङलाई सन्तुष्टि र खुसीको प्रतीक पनि मानिन्छ । 
  • सेतो रङलाई स्वतन्त्रता र सकारात्मकताको प्रतीक मानिन्छ । यसले शान्ति र पवित्रतासँगै सरलताको पनि संकेत दिन्छ । 
  • गाढा रङको सेडमा हल्का रङको सेडजस्तै हरियोसँग सेतो, स्मोकी ग्रे, अफ ह्वाइट, बेजलगायतले पनि रंग्याउन सकिन्छ । हरियो रङले ताजा महसुस गराउँछ । यो रङलाई समृद्धि, सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । 
ad
ad