१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथि अझै सुनुवाइ भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o७:oo

आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ फेरि पर सरेको छ । सर्वोच्च अदालतले यसअघि फागुनमध्यमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाडेको थियो भने फास्ट ट्रयाकबाट यस मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । 

तर, उक्त आदेशको ६ महिना बित्दा पनि मूल मुद्दामाथिको बहस सकिएको छैन । हालसम्म प्रमाणहरू नै बाझिएका र विवादास्पद देखिएका छन् । यसै क्रममा बिहीबार सुनुवाइका लागि पेसी चढे पनि जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको आमाको उमेर यकिन गर्न आदेश गरेको हो । 

पीडित गौशाला २६ को जन्ममिति सम्बन्धमा पक्ष र विपक्षीका कानुन व्यवसायीको फरक–फरक दाबी रहेकै वेला आमाको उमेरमा समेत भिन्न–भिन्न दाबी देखिएपछि अदालतले प्रमाणीकरण गर्न आदेश दिएको हो । न्यायाधीश राजुकुमार खतिवडाको इजलासले दुईवटा जन्ममिति र दुवैबीच २० वर्षको अन्तर देखिएपछि प्रमाणीकरण गर्न आदेश दिइएको अदालतले जनाएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले १७ वर्षीया गौशाला २६ लाई बलात्कार गरेको भन्दै मुद्दा दायर गरेको छ । उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर भएको हो । १४ कात्तिक ०७९ मा मुद्दा दायर भएको थियो ।

ad
ad