मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Thursday, 19 December, 2024
जिल फिलिपोभिक सिएनएन
२o८o श्रावण ७ आइतबार १o:५५:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाले पनि आफूलाई बदल्नुपर्छ 

Read Time : > 4 मिनेट
जिल फिलिपोभिक सिएनएन
नयाँ पत्रिका सिएनएन
२o८o श्रावण ७ आइतबार १o:५५:oo

धेरैभन्दा धेरै महिला कलेज जान र श्रमबलमा सहभागी हुन थालेपछि कमाउने पुरुषमा महिला निर्भर रहने परिवारको पुरानो मोडेल अहिले धेरै हदसम्म पाखा लागेको छ 

एक्लै बस्ने अमेरिकीको प्रतिशतले नयाँ कीर्तिमानी कायम गरेको छ । अमेरिकाको जनगणना विभागका अनुसार अमेरिकाका करिब ३० प्रतिशत परिवार केवल एक व्यक्तिले निर्मित छ । सन् १९४० मा करिब आठ प्रतिशत अमेरिकी परिवार मात्रै ‘एक सदस्यीय’ थिए । सन् १९७० सम्म आइपुग्दा यो संख्या करिब १८ प्रतिशत थियो भने सन् २०२२ मा आइपुग्दा यो ३० प्रतिशतनजिक पुगेको छ ।

यो परिवर्तनले युवा र विशेषगरी महिलाका लागि अवसर विस्तार भइरहेको तथ्यलाई पनि प्रतिबिम्बित गर्छ । धेरैधन्दा धेरै महिला कलेज जान र श्रमबलमा सहभागी हुन थालेपछि कमाउने पुरुषमा महिला निर्भर रहने परिवारको पुरानो मोडेल अहिले धेरै हदसम्म पाखा लागेको छ । फलस्वरूप अधिकांंश महिलाले आर्थिक सुरक्षा एवं सामाजिक अनुमोदनका लागि विवाह गरिरहनुपरेको छैन । 

उच्च शिक्षा र कार्यबलमा महिलाको यस दशकौँव्यापी उछालको परिणामस्वरूप अमेरिकीहरूले पहिलेभन्दा ढिलो र अभूतपूर्व रूपले कम विवाह गर्दै छन् । सन् १९५० मा औसतमा महिलाले २० वर्षको उमेरमा र पुरुषले २३ वर्षको उमेरमा विवाह गर्थे । जबकि सन् २०२१ को सुरुमा त्यो क्रमशः २८ र ३० वर्षको आसपास पुगेको छ । एउटी नारीले जति धेरै पढ्न थाल्छिन्, उनले उति नै ढिलो विवाह गर्छिन् । बाउलिङ ग्रिनको नेसनल सेन्टर फर फेमिली एन्ड म्यारिज रिसर्चअनुसार स्नातक गरेका महिला अहिले औसतमा ३० वर्षको उमेरमा विवाह गर्छन् ।

तर, परम्परागत धारणाविपरीत महिला जति धेरै शिक्षित हुँदै गएका छन्, उनको विवाह हुने सम्भावना पनि त्यति नै बढ्दै गएको छ । भलै उनले विवाह ढिलो गर्न थालेकी छिन् । तर, उनको विवाह अधिक समतामूलक हुने र टिकाउ हुने सम्भावना पनि बढेको छ । हालैको पियू अध्ययनअनुसार स्नातक (वा सोभन्दा बढी) पढेका ४० वर्ष आसपासका पाँचमध्ये एक अमेरिकीले मात्रै विवाह नगरेको पाइयो, जबकि हाईस्कुल वा सोभन्दा कम पढेको सोही उमेरका एकतिहाइको विवाह नभएको पाइयो । विवाहमा शिक्षाको यो अन्तरलाई अनुसन्धानकर्ताले राम्रोसँग अभिलेख गरेका छन् । कतै विवाह वर्गीय अवसर बन्दै गएको त होइन ? भनेर यसले केही चिन्ता पनि उब्जाएको छ ।

यति धेरै महिलाको आर्थिक आत्मनिर्भरको अर्थ दुर्व्यवहार गर्ने वा निर्दयी पार्टनरबाट प्रताडित हुने महिलाको संख्या धेरै कम भएको छ भन्ने पनि हो । मलाई लाग्छ, अधिकांश अमेरिकी त्यो समयमा फर्किन चाहँदैनन्, जतिवेला केटीहरूले किशोरावस्थामा विवाह गर्नु सामान्य हुन्थ्यो ।

यी ढिलो विवाह (वा विवाह नै नभएका)को अर्थ अविवाहित व्यक्तिको रूपमा व्यथित हुने वर्ष बढेको छ भन्ने हो । थुप्रै अमेरिकी युवाले आफ्नो अविवाहित जीवनका कम्तीमा केही वर्ष आफ्ना आमाबाबु वा रुममेटसँग बिताउँछन् भने बाँकीले एक्लै बस्छन् । अधिकांश अमेरिकी (विशेषगरी कलेज डिग्री हासिल गरेका)का लागि यो समयले अनगिन्ती फाइदा गरेको छ । आफ्नो २० को र ३० को दशक अविवाहित रहेरै बिताउने मानिसले अघिल्ला पुस्ताका लागि उपलब्ध अनेक प्रकारका अवसरको आनन्द बिरलै उठाउन पाएका छन् । 

आफ्नो सामाजिक एवं भावनात्मक जीवनको मूल अर्थात् गहिरो मित्रता बनाउने अवसर पाएका छन् । यात्रा र साहसिक कार्यहरू गर्ने, आफ्नो आवश्यकता र रुचिको खोजी गर्ने, एक्लो जीवन बाँच्ने, अन्य डिपेन्डेन्टहरूको भारविनै आफ्नो करिअर र रुचि पछ्याउनेजस्ता अनेकौँ अनुभव बटुल्ने अवसर पाएका छन् । विभिन्न उम्मेदवारसँग डेटिङमा जान र आफ्नो जीवनसाथीमा हामी के खोज्छौँ, के चाहन्छौँ भनेर बुझ्ने अवसर पाएका छन् । 

यति धेरै महिलाको आर्थिक आत्मनिर्भरको अर्थ दुव्र्यवहार गर्ने वा निर्दयी पार्टनरबाट प्रताडित हुने महिलाको संख्या धेरै कम भएको छ भन्ने पनि हो । मलाई लाग्छ, अधिकांश अमेरिकी त्यो समयमा फर्किन चाहँदैनन्, जतिवेला केटीहरूले किशोरावस्थामा विवाह गर्नु सामान्य हुन्थ्यो । 

अविवाहित अमेरिकीको यो क्रान्तिकारी उदयले मानव सम्बन्धका विवाह, परिवारको संरचना तथा अवसरलाई आमूल परिवर्तन गरेर नयाँ आकार दिइरहेको छ भने यो सही चिज होइन । तर, अविवाहितको वृद्धिसँगै सम्बन्ध विच्छेद र एक्लोपनमा वृद्धि भएको भए पनि यी कुरा कमजोर मानसिक, शारीरिक एवं आर्थिक स्वास्थ्यसँग बढी सम्बन्धित छन् । हामीले बारम्बार सुन्ने ‘निराशा सिर्जित मृत्यु’ (आत्महत्या, लागुपदार्थको ओभरडोज र मदिराबाट हुने मृत्यु) अविवाहित पुरुषमा बढी देखिएको छ । उल्लेखनीय के भने महिलाहरू आफ्ना सन्तानसँग बस्ने र पुरुषहरू अक्सर एक्लै बस्ने सम्भावना बढी हुन्छ । एक्लै बस्ने अमेरिकीमा ३० वर्षकी (आफ्नो कअियर अघि बढाइरहेकी) महिला र सम्बन्धविच्छेद भएका ७० वर्षीय पुरुष बढी देखिएका छन् । एक अध्ययनले सन् २०१५ मा २५ देखि ३४ वर्ष उमेर समूहका नौ प्रतिशत र ६५ वर्षभन्दा माथिका एकचौथाइभन्दा बढी व्यक्तिले एक्लो जीवन व्यतीत गरिरहेको पाएको थियो । यो अपेक्षाकृत नयाँ र अविवाहितको बढ्दो संख्यालाई अमेरिकी नीति र संस्थाहरूले राम्ररी सम्बोधन गर्न सकेको देखिँदैन । यदि हामी धेरैभन्दा धेरै अमेरिकी खुसी होऊन् भन्ने चाहन्छौँ भने लक्षित वर्गको परिवर्तनसँग मेल खाने गरी सम्बद्ध नीति र संस्थाहरूलाई पनि परिवर्तन गर्न आवश्यक छ ।

विगत केही दशकमा हाम्रो जीवन र परिवारको संरचनामा रूपान्तरणकारी परिवर्तन भएको छ, यसका बाबजुद हाम्रा राजनीतिक नीति, सहयोग प्रणाली र कार्यस्थलहरू भने विगतमै अड्की बसेका छन् र ती सबैजसो अमेरिकी परम्परागत ‘संयुक्त परिवार’मै छन् भन्ने गलत मान्यताअन्तर्गत सञ्चालित छन् । अधिकांश अमेरिकीका लागि स्वास्थ्य बिमा रोजगारी वा पति–पत्नीको रोजगारीसँग जोडिन्छ । दम्पतीले रोजगारदाता–प्रायोजित स्वास्थ्य बिमासहित सार्वभौम बिमाको लाभ उठाइरहँदा अविवाहित वा एक्लै रहेकाले भने केबल सार्वभौम बिमामा मात्रै भर पर्नुपर्छ । आवासका हकमा पनि नीति एक सदस्यीय परिवारअनुकूल छैन । 

अमेरिकामा एकीकृत र सामुदाय–उन्मुख जीवनयापनका विकल्प थोरै मात्र छन् । संयुक्त राज्य अमेरिकाका अधिकांश भागका आवास संयुक्त परिवारलाई हेरेर बनाइएका आवास हुन् । त्यसैगरी कारका लागि अनुकूल विशाल सडक सञ्जालले पनि मानिसलाई एक्ल्याउँदै लगेको छ । यसले मानिसबीच दैनिक अन्तत्र्रिmया घटाउँदै हामीमध्ये धेरैको जीवनलाई साँघुरो र एक्लो बनाउँदै लगेको छ । यहाँ वासिंटन पोस्टका एमिली ब्याडगरको एक दशकअघिको भनाइ सान्दर्भिक हुन्छ, ‘हामी एकल मानिसको देश हुँदै गएका छौँ, तर बस्नचाहिँ अझै पनि संयुक्त परिवारका लागि निर्मित संसारमा बसिरहेका छौँ ।’ विवाहित पुरुषले उल्लेख्य सुविधा पाउँछन् । उनीहरूलाई सामान्यतः करछुट हुन्छ, साझेदारीका कारण घरायसी खर्च पनि कम पर्छ । अन्य विकसित देशले आफ्नो सामाजिक सुरक्षाको जालो विस्तार गरेर सबैलाई समेटेका छन् । तिनले आफ्ना नागरिकलाई सार्वभौम वा सुलभ बाल हेरचाह, ‘प्यारेन्ट लिभ’मा भुक्तान, तलबी बिरामी बिदा, व्यापक रोजगार सुरक्षा, उचित अवकाश योजना र बेरोजगारी बिमाजस्ता सुविधा दिएका छन् । अमेरिकाले महिलालाई दिएको सुविधा विवाहित महिलाका लागि त अपुग छ भने एकल बसेका महिलाको हकमा त यो असफल नै छ । 

एकातिर मानिसहरू लामो समयसम्म अविवाहित बस्न थालेका छन् भने अर्कोतर्फ कन्जर्भेटिभ राज्यहरूले गर्भपतनलाई प्रतिबन्धित गरिरहेका छन्, यसले अविवाहित हुन् वा विवाहित महिलालाई बच्चा जन्माउने कि नजन्माउने, जन्माए कहिले जन्माउनेजस्ता निर्णय गर्न गाह्रो बनाउँदै लगेको छ । वृद्ध एकलहरूको संख्या पनि बढ्दै गएको छ । उनीहरू पनि पर्याप्त सामाजिक सुरक्षाबाट बाहिरै छन् । यसले युवा महिलाहरूलाई आफ्ना अभिभावकको हेरचाहको भार असमानुपातिक रूपमा थप्न थालेको छ । विगत आधा शताब्दीमा अमेरिकाको परिवारको जनसांख्यिकीमा उल्लेखनीय परिवर्तन भएको छ । ती परिवर्तनले हाम्रा नीति र संस्थाहरूमा पनि त्यसैअनुकूल परिवर्तनको माग गरिरहेका छन् । एकल जीवन आनन्दमय वा निराशापूर्ण, सशक्त वा हतोत्साहपूर्ण दुवै हुन सक्छ । तर, जुनसुकै अवस्थामा पनि विशेषगरी एकल परिवारहरूको संख्या बढ्दै गइरहेको अवस्थामा उनीहरू राजनीतिक रूपमा बेवास्ता र सांस्कृतिक रूपमा किनाराकृत भने गरिनुहुँदैन । 

(फिलिपोभिक न्युयोर्कस्थित पत्रकार हुन् । उनी ‘ओके बुमर, लेट्स टक : हाउ माई जेनेरेसन गट लेफ्ट बिहाइन्ड’की लेखक पनि हुन् ।)