मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार १४ बिहीबार २o:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्हयपी अजिमा मन्दिर परिसरमा नारायणको मूर्ति अनावरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार २o:३o:oo

म्हयपीस्थित म्हयपी अजिमा मन्दिरको दक्षिण मूलढोकाको परिसरमा नारायणको मूर्ति अनावरण गरिएको छ। 

बुढानीलकण्ठबाट पाँचजना पुजारी ल्याई नारायण मूर्तिको अनावरण गरिएको म्हयपी संरक्षण तथा स्थापना समितिका अध्यक्ष जीवन मानन्धरले बताए। 

उनका अनुसार भक्तजनलाई नारायणको पूजा गर्न बुढानीलकण्ठमै पुग्नुपर्ने झन्झट हटाउन नारायणको मूर्ति निर्माण गरिएको हो। 

म्हयपी अजिमा मन्दिर ऐतिहासिक मानिन्छ। लामो समयदेखि म्हेयपी संरक्षण तथा व्यवस्थापन समितिले मन्दिर क्षेत्रको संरक्षण, व्यवस्थापन र भौतिक पूर्वाधार निर्माण गर्दै आइरहेको छ। 

‘यो मन्दिर ऐतिहासिक हो, यसको संरक्षण समितिले गर्दै आइरहेको छ,’ उनले भने, ‘त्यसैको परिसरमा हामीले नारायणको मूर्ति अनावरण गरेका छौँ।’ यो मन्दिरमा बुद्ध, शिव, मनकामना, भैरव र विश्वकर्मालगायतका भगवानको मूर्ति राखिएको छ।