१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिन्धुली दुर्घटना : पाँचौँ दिन सुनकोसीमा दुई शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:४o:oo

गत शुक्रबार सिन्धुलीमा भएको दुर्घटनामा बेपत्ता भएकामध्ये सुनकोसी नदीमा दुईजनाको शव भेटिएको छ। दुर्घटनाको पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार दुर्घटनामा परेको गाडी र दुई शव नदीबाट निकालेको हो।

शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डमा खटिएको टोलीले शव निकालेको हो।

गत शुक्रबार खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी चढेको गाडी दुर्घटना भई सुनकोसी नदीमा बेपत्ता भएको थियो।

ad
ad