१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o जेठ २३ मंगलबार o८:o८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विज्ञ भन्छन्– एलियन हाम्रै वरिपरि छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार o८:o८:oo

क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीका एक प्राध्यापकले एलियन पृथ्वीमा रहेको दाबी गरेका छन् । अमेरिकाको म्यानहट्टनमा हालै भएको एक सम्मेलनमा डा. ग्यारी नोलनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार बाह्य ग्रहका जीव विगतमा पृथ्वीमा आएका छन् र अहिले पनि हाम्रो ग्रहमा उनीहरूको निरन्तर उपस्थिति छ । 

डा. नोलनका अनुसार वास्तविक प्रकृति नबुझी मानिसको यी प्रजातिसँग अचानक जम्काभेट भएको हुन सक्छ । मानिसको भेषमा हामीबीच घुलमिल हुनुको सट्टा यी बौद्धिक जीव– स्वरूपले प्रायः मध्यस्थकर्ता वा केही परिष्कृत बौद्धिकता प्रयोग गर्नेछन् भन्ने उनको विश्वास छ । एलियनहरू मानिसका लागि खतरा हुन् भन्नेबारे आफूलाई कुनै डर नभएको उनको भनाइ छ ।

पृथ्वीमा छोडिएको कुनै पनि विदेशी प्रविधिबाट मानिसले कसरी लाभ उठाउन सक्छ भनेर पत्ता लगाउने कुरामा जोड दिँदै उनले बाह्य आक्रमण वा अपहरणको अवधारणालाई अस्वीकार गरे ।

यसबाहेक नोलन अमेरिकी गुप्तचर निकाय (सिआइए)को अनुसन्धान परियोजनामा संलग्न भएको बताउँछन्, जहाँ कथित रूपमा आकाशमा उडेका अज्ञात वस्तु (युएफओ)हरू देखिएका क्षेत्रमा संकलन गरिएका वस्तुको अनुसन्धान पनि समावेश छ । उनी रिभर्स इन्जिनियरिङ युएफओ टेक्नोलोजीमा लक्षित गोप्य कार्यक्रममा काम गरिसकेका वा अहिले गरिरहेका मानिससँग सम्पर्कमा रहेकोसमेत दाबी गर्छन् । 

सिआइएसँग संलग्न हुँदा उनले रहस्यमय हवाई घटनाका कारण हुने चिकित्सा कठिनाइको अनुसन्धान गर्न आफ्नो कौशल प्रयोग गरेका थिए । उनले बिरामीका लक्षण र ‘हभाना सिन्ड्रोम’ भनेर चिनिने रोगबीचको समानतामा जोड दिए, जुन मूल रूपमा सन् २०१६ मा क्युबामा पहिचान गरिएको थियो र यसले विदेशमा रहेका धेरै अमेरिकी अधिकारी र सैन्य कर्मचारीलाई असर गरेको थियो । 

कार्यक्रममा नोलन र न्यायाधिवक्ता ड्यानियल सिहानले एलियनबारे केही सुराकीले हालै अमेरिकी विधायिकासँग कुरा गरेको बताएका थिए । सुराकीहरूले रोसवेल घटना (सन् १९४७ मा रोजवेल आर्मी हवाई मैदानमा सेनाले फेला पारेको एउटा सैन्य बेलुनबाट निस्किएका धातु तथा रबरका फोहरको अध्ययन)मा संलग्न भएको दाबी गरे, जसमा दुर्घटनाग्रस्त युएफओको पुनः प्राप्ति र तिनीहरूको परिष्कृत प्रविधिको अध्ययन तथा पुनः उत्पादन गर्ने प्रयास समावेश थियो । 

युएफओबारे अमेरिकी धारणा
युएफओसँग सम्बन्धित विषयमा बढेको चासोको जवाफमा राष्ट्रपति जो बाइडेनले गत वर्ष पेन्टागनलाई कुनै पनि अज्ञात युएफओ कार्यक्रममा उच्चपदस्थ सिनेटरलाई गोप्य प्रतिवेदन पठाउन आवश्यक पर्ने कानुनमा हस्ताक्षर गरेका थिए । यस्तै, कार्यक्रममा भाग लिएका सुराकीबारे गोप्य राख्न संसद्ले कानुन पनि पारित गरेको थियो ।