१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एक्सट्राई ट्रायथलनको उपाधि पिटरलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:o५:oo

चेक रिपब्लिकका पिटर भाब्रोसेकले दोस्रो हिमालयन एक्सट्राई ट्रायथलनअन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् । महिलातर्फ अमेरिकाकी तारा मिरान्डा पासोन्सले विश्वमै कठिन मानिने ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलनको उपाधि हात पारिन् । हिमालयन एक्सट्राईको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फका विजेता पिटरले १६ घन्टा ५१ मिनेट १९ सेकेन्डमा टास्क पूरा गरेका थिए । महिलातर्फकी च्याम्पियन ताराले १८ घन्टा २० मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । 

प्रतियोतिगामा सहभागी खेलाडीहरूले ३.८ किलोमिटर पौडी, १७५ किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड गरेका थिए । एक्सट्राईका रेस डाइरेक्टर रक्की योन्जनका अनुसार प्रतियोगितामा अमेरिका, अस्ट्रेलिया, चेक रिपब्लिक, इस्टोनिया, बेलायत, नेदरल्यान्ड्स, ग्रिस, रसिया, बंगलादेश र भारतलगायत २२ राष्ट्रका खेलाडीले भाग लिए । जसमा ३१ पुरुष र पाँच महिला खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ निर्धारित दूरी १७ घन्टा ५८ मिनेट ८ सेकेन्डमा पार गर्दै इटालीका जिओभानी बोर्टोलासो दोस्रो र १८ घन्टा ३४ मिनेट १२ सेकेन्डका साथ रसियाका इलिया बब्लिक तेस्रो भए । 

महिलातर्फ १९ घन्टा ४९ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै फ्रान्सकी बेनेडिक्ट पेरोन दोस्रो र चेक रिपब्लिककी भेरोनिका मर्चेन्ट २४ घन्टा २८ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए । प्रतियोगितामा ३६ मध्ये २७ जनाले मात्र दूरी पूरा गरेका थिए । सहभागी पाँच महिलामध्ये तीनजनाले दूरी पूरा गरेका थिए । गत संस्करणमा दुई नेपाली खेलाडीले सहभागिता जनाएका थिए । यसपटक नेपालका खेलाडीले सहभागिता जनाएनन् । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कृत गरे । सन् २००३ मा क्यानडाबाट सुरु भएको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ हरेक वर्ष हुँदै आइरहेको छ । नेपालअघि १७ राष्ट्रले यस प्रतियोगिता आयोजना गरेका थिए । 

ad
ad