Skip This
डिल्लीबहादुर : चारपाते क्लबदेखि मुख्यमन्त्रीसम्म
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Monday, 08 July, 2024
२o८o बैशाख १४ बिहीबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डिल्लीबहादुर : चारपाते क्लबदेखि मुख्यमन्त्रीसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १८:५८:oo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमाले नेतृत्वको सरकार ११ चैतमा ढलेपछि प्रदेश प्रमुख शेरचनले मंगलबार तीन दिनको समय दिएर नयाँ सरकार बनाउन आह्वान गरेका थिए। चौधरीले कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र गरी ५३ प्रदेश सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, जनमत, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका तीन–तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन्।

को हुन् डिल्लीबहादुर चौधरी ? 
यसअघि लुम्बिनी प्रदेशको ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका उनी थारू समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। केन्द्रीय राज्यमन्त्रीसमेत भइसकेका उनले यसपालिको प्रदेश सभा निर्वाचनमा एमालेका घनश्याम पाण्डेलाई पराजित गरेका थिए।

तत्कालीन देउवा सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री रहेका उनी दोस्रो संविधानसभाका सदस्य पनि हुन्। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको आकांक्षी भएर उनी प्रदेश सभाको चुनाव लडेका थिए।

वि.सं २०२६ सालमा तुलसीपुर उपमहानगरपालिका डुम्रीगाउँमा जन्मेका उनलाई आमा सोमती चौधरीले करिब १७ वर्ष कमलरी बसेर हुर्काएकी थिइन्। बुवा टुकलाल उनी १५ वर्षको हुँदा नै बितेका थिए।

शिक्षाको चेतना नहुँदा समाजमा धेरै विकृति हुने महसुस भएपछि उनले चार साथीको सहयोगमा ‘चारपाते युवा क्लब’ स्थापना गरे। राजनीतिक संगठन बनाउन र सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध रहेको समयमा पनि उनले सो क्लबमार्फत थारू बाहुल्य गाउँमा प्रौढ शिक्षा सञ्चालन गरे। त्यसका लागि उनले मुठीदान अभियान चलाएर संकलन भएको रकम प्रौढ कक्षाका लागि लालटिन, टुकी तथा मट्टीतेलमा खर्च गरे।

ad
ad
ad
ad