१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार २o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

परिचयपत्र ठेक्कामा मुछिएका मोरङका सिडिओ मन्त्रालय तानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार २o:५८:oo

राष्ट्रिय परिचयपत्रको ठेक्कामा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारीबाट हटाएको छ । 

राष्ट्रिय परिचयत्रपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक हुँदा सार्वजनिक खरिद नियमावली मिचेर ठेक्का दिएको आरोप उनीमाथि लागेको छ । 

भट्टराईलाई मन्त्रालयमा तानेर त्यहाँ सहसचिव वीरेन्द्रप्रसाद यादवलाई पठाइएको गृह मन्त्रालय स्रोतले जनायो । 

त्यतिवेला राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरणसम्बन्धी ठेक्का एडभान्टेज इन्टरनेसनल कम्पनीलाई दिइएको थियो । 

सो ठेक्कामा नियम मिचिएको भन्दै गत मंगलबार सरकारले त्यसलाई रद्द गरी छानबिन गर्ने निर्णय गरेको थियो । सोही छानबिनको क्रममा भट्टराईलाई मन्त्रालय तानिएको स्रोत बताउँछ । 

भट्टराईलाई गत माघमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर जिल्ला प्रशासन कार्यालय मोरङ पठाएको थियो ।
 

ad
ad
ad
ad