१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Wednesday, 26 June, 2024
२o८o बैशाख ५ मंगलबार १६:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘फास्टट्रयाक’को निरीक्षणपछि प्रधानमन्त्रीले भने- सेनाले सोचेअनुरूप नै काम गरिरहेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १६:२६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक)को मंगलबार निरीक्षण गरेका छन्। 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गको निरीक्षण गरेका हुन्।

उनले मकवानपुरको भीमफेदी गाउँपालिकाको महादेवटार र बकैया गाउँपालिकाकाको लेनडाँडा र राजदमार गरी तीन स्थानमा द्रुतमार्गको निर्माण कार्यको निरीक्षण गरेका छन्।

अनुगमनसँगै प्रधानमन्त्री प्रचण्डले स्थानीयको गुनासो र जिज्ञासा सुनेका प्रधानमन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै द्रुतमार्गको निर्माण कार्य द्रुतगतिले नै अगाडि बढिरहेको पाएको बताए।

‘कामचाहिँ प्रत्यक्ष हेर्दा प्रगति राम्रो नै भएको महसुस गर्‍याैँ,’ उनले भने । द्रुतमार्ग निर्माणको कामले समयमै पूरा गर्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उनले भने, ‘कोभिडका कारण झन्डै दुई साढे दुई वर्षजति रोकिएको कामलाई परिपूर्ति गर्न समय लाग्ला भन्ने सोचेका थियौँ । तर, आज हेर्दा अब द्रुतमार्ग अब द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौँ।’

आफू दोस्रोपटक प्रधानमन्त्री भएको वेला निजगढमा द्रुतमार्गको शिलान्यास गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले द्रुतमार्ग निकै ठूलो र भव्य बनेको बताए। ‘द्रुतमार्गको टनेलभित्र गएर पनि हेर्‍याैँ। निकै ठूलो र भव्य बनेको पायौँ । हिजो मात्र काठमाडौंमा द्रुतमार्गबारे ब्रिफिङ भएको थियो । आज प्रत्यक्ष अवलोकन गर्दा काम द्रुतगतिमै अगाडि बढेको महसुस भएको छ,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गसँग सम्बन्धित कतिपय निर्णय आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने जानकारी पनि गराए । उनले द्रुतमार्ग निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सहयोग पुग्ने गरी मन्त्रिपरिषद् बैठकले निर्णयहरू गर्ने बताए। उनले आफूले द्रुतमार्ग निर्माणको काम नेपाली सेनालाई दिएर आफूले सही निर्णय गरेको पनि दाबी गरे। 

‘फास्टट्र्याक निर्माणको जिम्मा कसलाई दिने भन्ने देशमा ठूलो बहस थियो । म आफैँ प्रधानमन्त्री भएको वेला राष्ट्रको भावनालाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको थिएँ । नेपाली सेनाले सोचेअनुरूप नै काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

७२ किलोमिटर लम्बाइको काठमाडौं–तराई–मधेस द्रुतमार्ग नेपाली सेनाले ०७४ साउन २७ मा निर्माणको जिम्मा पाएको थियो । चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि अहिले ४६ किलोमिटरको ठेक्का लागेर काम चलिरहेको छ। 

४६ किलोमिटरमा पनि ३७ किलोमिटरमा काम चलिरहेको र १३ किलोमिटर बाटोको डिजाइनको काम भइरहेको एमएस कुमार रोसन सिचुवान जेभीका प्रोजेक्ट म्यानेजर देवेन्द्र ढुंगानाले जानकारी दिए।


 

ad
ad
ad
ad