मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ चैत ३० बिहीबार ११:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाग नै नपलाएका गैँडाका दुई बच्चा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार ११:३६:oo

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडाका बच्चा मृत फेला परेका छन्। खाग नै नपलाएका सात महिनाको पोथी र ६ महिनाको भाले गैँडा सोमबार मृत भेटिएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार पोथी गैँडा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको भंगालो क्षेत्रमा फेला परेको थियो। भाले गैँडाको आक्रमणका कारण उक्त गैँडाको मृत्यु भएको बताइएको छ। 

चितवन राष्ट्रिय निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँसघारी क्षेत्रमा भेटिएको भाले गैँडाको भने बाघको आक्रमणबाट मृत्यु भएको तिवारीले बताए।
 
यससँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालू आ.व. ०७९/८० मा मृत्यु हुने गैँडाको संख्या १६ वटा पुगेको छ। मरेकामध्ये दुई गैँडा चोरी सिकारीले मारेको पुष्टि भएको थियो।