१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २७ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २७ सोमबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा माफी माग्दै रास्वपाले भन्यो– विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २७ सोमबार १४:o६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा माफी मागेको छ ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सो पार्टीका सांसद सन्तोष परियारले पार्टीले उक्त टेलिफोन संवादलाई गम्भीर रूपमा लिएको बताए । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको विवादास्पद टेलिफोन संवाद आइतबार सार्वजनिक भएको थियो ।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईंहरूको सम्मानमा परेको चोटप्रति हामी क्षमा चाहन्छौँ । संसद्को गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण्ण रहनेछौँ । यो घटनाले हामीलाई कतै पनि विचलित गर्नेछैन भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ सांसद परियारले भने ।

यद्यपि, उक्त घटना नेपाली राजनीतिमा पहिलो नभएको भन्दै परियारले विगतका घटनाहरूको पनि छानबिन गर्नुपर्ने धारणा राखे ।  उनले भने, ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर, ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्छ।’