१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २३ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७९ चैत २३ बिहीबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डोको बुन्ने प्रतियोगितामा फुङलिङका गुरुङ प्रथम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २३ बिहीबार १३:३o:oo

दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलामा भएको डोको बुन्ने प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले जितेका छन् । मेलाको दोस्रो दिन बुधबार सम्पन्न प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर गुरुङले उपाधि जितेका हुन् ।

प्रतियोगितामा उत्कृष्ट डोको बुन्नेमा फुङलिङकै धनबहादुर गुरुङ प्रथम भए । उत्कृष्ट डोको बनाउनेतर्फ फुङलिङकै लक्ष्मण गुरुङ दोस्रो तथा सिदिङ्वा गाउँपालिका– ६ मेहेलेका कालीबहादुर गुरुङ तेस्रो भए । प्रतियोगितामा १४ वर्षे किशोरसमेत सहभागी भएका महोत्सवका सञ्चार संयोजक दिनेश लिङखिमले जानकारी दिए ।

प्रतियोगिताका विजेताले १० हजार, उपविजेताले पाँच हजार र फर्स्ट रनरअपले दुई हजार रुपैयाँ तथा सहभागी सबैले नगद पाँच सयका दरले प्रोत्साहन रकम पाउने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताए ।

आयातीत सामग्रीले डोको विस्थापित गरेकाले अहिलेका पुस्तालाई डोको बुन्ने विषयमा जानकारी दिने र लघु उद्यम सिर्जनालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गरिएको महासंघका ताप्लेजुङ सचिव हर्कराज गुरुङले जानकारी दिए ।

ad
ad
ad
ad