१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत २१ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार ११:१८:oo

बजारमा थरीथरीका सनग्लास पाइन्छन् । धुलो–धुवाँ र सूर्यको विकिरणबाट आँखालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले हामीले यसको छनोटमा ध्यान दिनुपर्छ । घाममा आँखाको सीधा सम्पर्क नहोस् भन्नका लागि सनग्लासको खरिद गरिने भएकाले अल्ट्राभ्वाइलेट रे प्रोटेक्सन भएका ग्लास मात्रै किन्नुपर्छ । 

- चर्को घाममा हिँड्दा कालो र ग्रे कलरको सनग्लास लगाउनु उपयुक्त हुन्छ । यी कलरले ब्राइटनेस र ग्लेयरबाट बचाउँछन् । 

- बादल लागेको वा हल्का अँध्यारो भएको दिनमा ब्राउन वा एम्बर कलर राम्रो हुन्छ । यसले कन्ट्रास्ट बढाउँछ । फिसिङ, हाइकिङ, साइक्लिङमा जानेले यो ग्लास लगाउनु राम्रो हुन्छ । 

- लो लाइट कन्डिसन अर्थात् घाम मज्जाले नलागेको समयमा यल्लो र अरेन्ज कलर पनि राम्रो मानिन्छ । इन्डोर स्पोर्टस्का लागि यो ग्लास राम्रो हुन्छ । हिउँ खेल्न जानेले पनि यी कलरका ग्लास लगाउन राम्रो हुन्छ । 

- ब्लु लाइट र ग्लेयरबाट बचाउन ग्रिन कलर उपयुक्त मानिन्छ । गल्फ, बेसबल, टेनिस खेल्नेले यस्तो कलरको ग्लास छान्ने गरेका छन् । 

- रोज र रेड टिन्ट लगाएर ड्राइभिङ गर्दा भिजिबिलिटी राम्रो देखिन्छ । कम्प्युटरबाट आउने हानिकारक ब्लु लाइटलाई कम गर्न यसले सहयोग गर्ने भएकाले कम्प्युटर चलाइराख्नेका लागि पनि यो ठीक हुन्छ । सबै कलरका सनग्लासलाई पोलोराइज्ड गर्न, युभी प्रोटेक्सन गर्न र पावर हाल्न पनि मिल्छ । 

ad
ad
ad
ad