१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Wednesday, 26 June, 2024
२o७९ चैत १३ सोमबार १o:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘च्छो रोल्पा’ कसरी पुग्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १o:३९:oo

दोलखा जिल्लास्थित ‘च्छो रोल्पा ताल’ विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्नुको मज्जा बेग्लै छ । गौरीशंकरसहितका मनमोहक हिमशृंखला, विभिन्न हिमाली वन्यजन्तु, चरा तथा वनस्पतिहरू यात्राका क्रममा नियाल्न पाइन्छ । यहाँ काठमाडौंबाट पाँच दिनमा पुग्न सकिन्छ, आठ दिनभित्र फर्केर काठमाडौं नै आइपुग्न सकिन्छ ।

यद्यपि, हामीले यस स्थानमा जाँदा गतिलो पूर्वतयारी गर्न जरुरी छ । यहाँ कतिपयलाई लेक लाग्ने (अल्टिच्युड सिकनेस)लगायत अन्य विभिन्न स्वास्थ्य समस्या पनि देखिन सक्छन् । त्यसैले हामी सतर्क हुन जरुरी छ । यात्रामा जाँदा औषधि, आवश्यक खानेकुरा तथा कपडा बोक्नुपर्ने हुन्छ । 

पहिलो दिन : काठमाडौं–चरिकोट (दोलखाको सदरमुकाम) हुँदै सिमीगाउँ पुगिन्छ । कतिपयले चरिकोटमै वास बस्ने गरेका छन् । तर, धेरैजसो पर्यटक काठमाडौंबाट हिँडेकै दिन सिमिगाउँ पुग्छन् । र, त्यस दिन सिमीगाउँमै रात बिताउने गर्छन् । 

दोस्रो दिन : दोस्रो दिन सिमीगाउँदेखि ग्याल्चे गाउँ पुग्न सकिन्छ । सुमुर्चेबाट करिब दुई घन्टा हिँडेपछि ग्याल्चेमा पुगिन्छ । उकालो र तेर्साे बाटो हुँदै सुमुर्चे पुगिन्छ । यहाँ खाना, खाजा र वासको राम्रो व्यवस्था छ । खुला ठाउँमा भएकाले चारैतिर दृश्यावलोकन गर्न सकिन्छ । 

छ्योतछ्योत छाँगोपछि झोलुंगे पुल तरेर सिमीगाउँ आउँछ । सिमीगाउँसम्म फराकिलो र व्यवस्थित पैदल मार्ग छ । सिमीगाउँ पुग्नलाई ठाडै उकालो हिँड्नुपर्छ । 

तेस्रो दिन :  तेस्रो दिन ग्याल्चेबाट खाना खाएपछि यात्रा सुरु हुन्छ । यस दिन चिम्मु गाउँमा पुगेर वास बस्न सकिन्छ । चिम्मुको उचाइ तीन हजार ६ सय ७२ मिटर छ ।

 चौथो दिन :  चिम्मुबाट वेदिङ हुँदै ना गाउँ पुग्न सकिन्छ । ना गाउँ चार हजार एक सय १४ मिटर उचाइमा छ । 

पाँचौँ दिन : पाँचौँ दिन हामी ना गाउँबाट हिँड्दै च्छो रोल्पा ताल पुग्न सक्छौँ । यसका लागि हामीले बिहान सबेरै यात्रा थाल्नुपर्ने हुन्छ । चार हजार पाँच सय ५१ मिटर उचाइमा रहेको च्छो रोल्पा ताल पुग्न ना गाउँबाट निरन्तर उकालो लाग्नुपर्छ । बाटोमा फोटो कैद गर्दै हिँड्यो भने च्छो रोल्पा पुग्न ढिला पनि हुन सक्छ । च्छो रोल्पा निकै मनमोहक छ । यहाँको सुन्दरता अवलोकन गर्नेहरू फेरि–फेरि यही ठाउँ घुम्न रुचाउँछन् । दिउँसो च्छो रोल्पा घुमे पनि राति वास बस्नलाई फेरि ना गाउँ नै फर्कनुपर्ने हुन्छ । 

छैटौँ दिन : यसपछि प्रायः पर्यटक ना गाउँबाट ग्याल्चे फर्कने गर्छन् ।

सातौँ दिन : सातौँ दिन हिँड्दै चेट् चेट् फर्कन सकिन्छ र यही दिन त्यहाँबाट गाडीमा चरिकोट आउन सकिन्छ । 
आठौँ दिन : चरिकोटबाट गाडीमा तपाईं सहजै आठौँ दिन काठमाडौं आइपुग्न सक्नुहुन्छ । तपाईंको हिँडाइको गतिका आधारमा यो यात्रा सोचेभन्दा छोटो वा लामो पनि हुन सक्छ । 
 

ad
ad
ad
ad