१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Friday, 28 June, 2024
बलका लागि संघर्ष गर्दै फ्रान्सका एम्बाप्पे (नीलो) र पोल्यान्डका लेवान्डोस्की
२o८१ असार १२ बुधबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फ्रान्स र अस्ट्रिया नकआउट चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o७:३o:oo

अस्ट्रिया र फ्रान्स युरो २०२४ फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेका छन् । समूह ‘डी’मा अस्ट्रिया समूह विजेता तथा फ्रान्स उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन् । अस्ट्रियाले मंगलबार नेदरल्यान्ड्सलाई रोमाञ्चक खेलमा ३–२ ले स्तब्ध पारेको थियो । एकै समयमा खेलिरहेको समूहको अर्को खेलमा पोल्यान्डले फ्रान्सलाई १–१ को बराबरीमा रोक्यो । बराबरी नतिजासँगै फ्रान्स समूह विजेता बन्न सकेन । 

एकै समयमा खेलिरहेको समूहको अर्को खेलमा पोल्यान्डले फ्रान्सलाई १–१ को बराबरीमा रोक्यो । बराबरी नतिजासँगै फ्रान्स समूह विजेता बन्न सकेन । समूह ‘डी’ मा अस्ट्रियाले तीन खेलमा दुई जित र एक हारको नतिजा निकाली ६ अंक बटुल्यो । दुई जित र एक बराबरी नतिजासँगै फ्रान्सको ५ अंक रह्यो । यस समूहमा नेदरल्यान्ड्सले तेस्रो स्थानमा रहँदा चार अंक जोडेको छ । नेदरल्यान्ड्स उत्कृष्ट तेस्रो स्थानमा रहँदै प्रिक्वार्टरफाइनलमा पुग्न सक्छ । 

पहिलो खेलमै घाइते बनेका कप्तान केलियन एम्बाप्पेले पोल्यान्डविरुद्धको महत्वपूर्ण खेलमा मैदान उत्रिए । पहिलो हाफमा उनले सहज गोल अवसर चुकाएका थिए । उनले एक प्रहार पहिलो बारनजिक हुँदै बाहिरिएको थियो । मध्यान्तरपछि फ्रान्स थप आक्रामक रूपमा प्रस्तुत भयो । खेलको ५६औँ मिनेटमा डिबक्सभित्र पोल्यान्डका खेलाडीले फल गरेपछि फ्रान्सले पेनाल्टी प्रहार गर्ने अवसर पायो । 

कप्तान एम्बाप्पले गोलरक्षकलाई विपरीत दिशा डाइभ गराउँदै उनले फ्रान्सलाई १–० को अग्रता दिलाए । फ्रान्सको अग्रता २३ मिनेटसम्म रह्यो । खेलको ७९औँ मिनेटमा पोल्यान्डमा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पोल्यान्डलाई पेनाल्टीमै गोल गर्दै १–१ को बराबरीमा पुर्‍याए । 

उनले पेनाल्टीमा गोल गर्न दुई प्रयास गरेका थिए । मिकले लेवान्डोस्कीका पहिलो पेनाल्टी छेकेका थिए । तर,लेवान्डोस्कीले पेनाल्टी प्रहार गर्नुअघि नै फ्रान्सका गोलरक्षक मिक मैन्गान अगाडि बढेका थिए । रेफ्रीले गोलरक्षकको अफसाइड दिँदा पोल्यान्डले दोस्रोपटक पेनाल्टी प्रहार गर्ने अवसर दिए । जसलाई स्वयं लेवान्डोस्कीले कुनै गल्ती नगरी गोल गरी पोल्यान्डलाई १–१ को बराबरीमा पुर्‍याए । 

अन्तिम ४० सेकेन्डमा इटाली भाग्यमानी
क्रोएसियन खेलाडी र समर्थक लेइपिज रंगशालामा जितको खुसीयाली मनाउने तयारीमा थिए । क्रोएसिया युरो २०२४ को नकआउट चरणमा स्थान बनाउन केवल ४० सेकेन्ड टाढा थियो । अर्कोतर्फ साबिक विजेता इटाली प्रतियोगिताबाट बाहिरिन केवल अन्तिम ४० सेकेन्ड दूरीमा थियो । क्रोएसियाले पूर्ण रूपले पकड बनाएको प्रतिस्पर्धामा इटालीको बेन्चमा निराशा छाएको थियो । यसको विपरीत क्रोएसियन जोनमा खुसीयाली मनाउन थालिसकिएको थियो । जितले क्रोएसिया प्रिक्वार्टरफाइनल र हारले इटाली प्रतियोगिताबाट बाहिरिन्थ्यो । तर, रेफ्रीले अन्तिम हिवसल नफुक्दासम्म नतिजा जे पनि हुन सक्ने सन्देश इटाली र क्रोएसियाबीचको खेलले प्रस्तुत गर्‍यो । 

प्रतिस्पर्धामा आठ मिनेटको इन्जुरी समय थप भएको थियो । जसमा क्रोएसियाले निर्धारित ९० तथा इन्जुरी समयको सात मिनेटसम्म १–० को अग्रता कायमै राखेको थियो । खेल सकिन अन्तिम ४० सेकेन्डभित्र नै इटालीका माटिया जाकनीले सनसनी बराबरी गोल फर्काउँदा क्रोएसिया स्तब्ध भयो । जाकनीको एक मात्र गोलमा इटालीले लगभग असम्भव देखेको नतिजा निकाली नकआउट चरण स्थान पक्का गर्‍यो । १–१ को बराबरीले क्रोएसिया प्रतियोगिताबाट बाहिरियो । 

लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया कम्तीमा उपविजेताका रूपमा अन्तिम १६ मा पुग्ने सपना एकैछिनमा तुहियो । क्रोएसिया उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । अहिले उत्कृष्ट तेस्रो स्थानको दौडमा ६ टोलीबीच प्रतिस्पर्धा चलिरहेको छ । जसमा क्रोएसिया दुई अंकका साथ पाँचौँ स्थानमा छ । अस्ट्रिया, स्लोभाकिया र हंगेरीले तीन अंक जोडेका छन् । स्लोभेनिया र क्रोएसियाले दुई अंक जोडेका छन् । 

दोस्रो हाफमा पेनाल्टी मिस गरेका मोड्रिकले खेलको ५५औँ मिनेटमा क्रोएसियालाई १–० को अग्रता दिलाए । डिबक्सभित्र इटालीको कमजोर डिफेन्समा मोड्रिकले अग्रता गोल गरेका हुन् । यससँगै उनले पेनाल्टी मिसको भरपाई गरे । 

ad
ad
ad
ad