१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १४ शुक्रबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हतारमा पार्टी एकताभन्दा राजनीतिक स्थायित्वलाई जोड दिन्छौँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १८:५५:oo

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता वा वामपन्थी एकताको पक्षमा नरहेको बताएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

‘हामी तत्काल र हतारमा पार्टी एकता वा वामपन्थी एकता गर्ने पक्षमा छैनौँ। धेरै राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो, त्यसकारण वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ,’ उनले भने।

राम्रो सहकार्य गरेर जाँदा जनताले देख्ने गरी काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै प्रचण्डले सतर्कताका साथ आफूहरू अघि बढेको स्पष्ट पारे।

किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताउँदै उनले भने, ‘पोहोर साल मलको खासै अभाव भएको सुनिएन। यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन।’

चितवनका केराकिसानलाई बिमाबापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे।

ad
ad
ad
ad