१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १४ शुक्रबार २१:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलकुदमन्त्री श्रेष्ठ कोरिया प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार २१:o१:oo

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि कोरिया प्रस्थान गरेका छन् । कोरिया सरकारको निमन्त्रणामा मन्त्री श्रेष्ठ शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीमा महासचिव निलेन्द्रराज श्रेष्ठले बिदाइ गरेका थिए । 

उनी कोरियामा रहँदा इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र  नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनेछन् । लगानी सम्मेलनमा पिपिपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए । 

कोरियन स्पोर्टस् एन्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।

कोरियन स्पोर्टस् एन्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सका लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ । वर्ल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणपश्चात् मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ । 

यसैगरी कोरियन नेसनल स्पोर्टस् युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।  

मन्त्री श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणबारे जानकारी गराएका थिए । मन्त्रीसँगै प्रमुख स्वकीय सचिव प्रदीप ज्ञवाली पनि त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण पूरा गरेर मन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किनेछन ।

ad
ad
ad
ad