१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
रासस गाजा
२o८१ असार १४ शुक्रबार १८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

‘गाजाका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता’

Read Time : < 1 मिनेट
रासस, गाजा
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १८:१७:oo

गाजापट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकाले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता रहेको संयुक्त राष्ट्रसंघ शरणार्थी निकायले जनाएको छ।

प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत र कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै संख्यामा युएनआरडब्लुए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ।

मध्यगाजाको नुसिरातमा टोलीहरूले स्थानीय परिवारको सेवा गर्न जारी राखे पनि औषधी र इन्धनको गम्भीर अभावले जीवन रक्षाको कार्यमा बाधा पुगेको बताइएको छ।

युएनआरडब्लुएले गाजामा प्यालेस्टिनीलाई फोहोर र ढलले घेरिएको जनाएको छ। ‘भिडभाड भएको आश्रय, खाना, पानी र इन्धनको अभाव, चिकित्सा आपूर्तिमा न्यूनतम पहुँच र गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,’ युएनआरडब्लुएले उल्लेख गरेको छ।

क्यान्सर भएका २१ प्यालेस्टिनी बालबालिका बिहीबार विदेश उपचारका लागि केरेम सालोम हुँदै गाजाबाट निस्किए। मे महिनाको सुरुमा रफाह सीमाबाट आवतजावत बन्द भएपछि गाजापट्टीमा रहेका बिरामीले पहिलोपटक गाजा छोडेको स्वास्थ्य अधिकारीहरूले बताए।

बिरामीहरू बाहिर निस्कन ‘गाह्रो र जटिल भएकाले रफाह सीमा पारको विकल्प नभएको गाजा क्षेत्रका अस्पतालका महानिर्देशक मोहम्मद जकाउटले पत्रकार सम्मेलनमा उल्लेख गरे।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसाविरुद्ध बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ।

आक्रमणका कारण करिब एक हजार दुई सय मानिस मारिएका थिए। २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । द्वन्द्वबाट प्यालेस्टिनी भूमिमा मृत्यु भएका व्यक्तिको संख्या ३७ हजार ७८१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन्।

ad
ad
ad
ad