१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ असार १४ शुक्रबार २o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुई शिक्षकलाई नक्कली प्रमाणपत्र मुद्दामा सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार २o:o९:oo

विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाएको छ । जसमध्ये एकजनाको अध्यापन अनुमतिपत्र नै नक्कली रहेको खुलेको छ । 

पर्सा र तनहुँमा कार्यरत शिक्षकहरूलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको हो । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक जनार्दनप्रसाद कानुको अध्यापन अनुमतिपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

अनुसन्धानपछि उनीमाथि गत १० वैशाखमा मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । कानुको प्राथमिक तह अध्यापन अनुमतिपत्र नक्कली रहेको र उनले उक्त झुटाे अनुमतिपत्रका आधारमा जागिर खाएका थिए । 

कानुलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । 

यसैगरी विशेषले तनहुँकी शिक्षिका सुनिता उपाध्याय पौडेललाई पनि नक्कली प्रमाणपत्र मुद्दामा सजाय सुनाएको छ । उनीमाथि अख्तियारले गत २९ फागुनमा मुद्दा चलाएकोमा ठहरको फैसला भएको हो ।  

यस मुद्दामा विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गरेको हो । पौडेललाई विशेषले तीन हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । 

पौडेललाई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार सजाय सुनाइएको विशेषले जनाएको छ । उनले भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी पेस गरेको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो ।

ad
ad
ad
ad