१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ११ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रितेश शाक्य निलम्बन भएपछि अर्थ मन्त्रालयमा सहसचिवको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १६:२o:oo

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेश शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि मन्त्रालयमा कर्मचारी सरुवा भएको छ।

बजेट महाशाखा प्रमुख पद रिक्त भएपछि उक्त पदमा सहसचिव नरेन्द्र रानालाई सरुवा गरिएको छ। मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य आएका छन्। प्रशासन महाशाखा प्रमुख टोकराज पाण्डे सरुवा भएपछि आएका नारायण सापकोटाकाे पनि सरुवा भएपछि आचार्य आएका हुन् ।

सापकाेटा प्रशासनबाट  ११ दिनमै  महालेखानियन्त्रकको कार्यालयमा सरुवा भएपछि आचार्य आएका हुन्।  महालेखानियन्त्रक कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीको सरुवा भएपछि सापकोटालाई त्यहाँ सरुवा गरिएको हो।

यसैगरी, मन्त्रालयमै सहसचिव रहेकी सुशीला अर्यालको महालेखानियन्त्रक कार्यालयमा सरुवा भएको छ। भन्सार विभागको उपमहानिर्देशकका रूपमा  सहसचिव रामकुमार महतो आएका छन्।

ad
ad
ad
ad