१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार १२ बुधबार o८:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युवा खेलाडीसँग विश्वकपको अनुभव बाँड्दै शेख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o८:१३:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख पछिल्ला दिन गृहजिल्ला वीरगन्जको एकेडेमीका युवा खेलाडीसँग व्यस्त छन् । नेसनल स्पोर्टस एकेडेमीमा युवा खेलाडी सेखसँगै बिहान र बेलुका प्रशिक्षणसँगै मीठामीठा गफ व्यस्त हुन्छन् । प्रशिक्षणमा रहेका खेलाडीको उद्देश्य नै विश्वकप खेलेर आएका शेखले अमेरिका र वेस्ट इन्डिजमा बिताएका क्षणहरूको अनुभव सुन्नु हो । 

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी भएर नेपाल फर्केपछि सेखको नियमित कार्य नै गृहजिल्लाका युवा क्रिकेटरलाई अनुभव सुनाउने हो । १० वर्षपछि विश्वकप खेलेको नेपाल समूह ‘डी’बाट बाहिरिएको थियो । नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित हुँदै नेपाल घर फर्किएको थियो । श्रीलंकासँग वर्षाका कारण नेपालले अंक बाँडेको थियो । 

नेपालले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरी वाहवाही कमाएको थियो । ओपनर ब्याट्सम्यान सेख नेदरल्यान्ड्सविरुद्ध ४ रन, दक्षिण अफ्रिकाविरुद्ध ४२ रन तथा बंगलादेशसँगको खेलमा १७ रन बनाएका थिए । उनले प्रतियोगितामा एक क्याच लिए । वीरगन्जको रामगढवामा रहेको ज्ञानदा माविमा एकेडेमीमा युवा खेलाडीहरूलाई प्रशिक्षण दिन पाउँदा उनी खुसी छन् । तत्काल कुनै पनि अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट प्रतियोगिता नभएका कारण सेख एक महिनाका लागि वीरगन्जमा हुनेछन् । उनी मात्र होइन, आरिफ शेख पनि यस्तै कार्यमा व्यस्त छन् ।

सेख दाजुभाइ एकेडेमीका ब्रान्ड एम्बास्डर हुन् । एकेडेमीका प्रमुख प्रशिक्षक जहुर अन्सारीले राष्ट्रिय क्रिकेटरले अनुभव साटेर प्रशिक्षण गराइरहेको बताए । प्रशिक्षणमा सहभागीहरूले विश्वकप खेलेका खेलाडीबाट प्रशिक्षण पाउँदा प्रभावित बनेका अन्सारीले बताए । आरिफ र आसिफ वीरगन्ज आएका वेला नियमित रूपमा एकेडेमीमा पुगेर प्रशिक्षण दिने गरेका छन् ।