१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार o७:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कुवेतले थप दुई लाख  नेपाली कामदार लिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o७:३७:oo

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतमा थप दुई लाख नेपाली कामदारले श्रमको अवसर पाउन लागेको बताएका छन् । कुवेतका विदेशमन्त्रीले इरानको तेहरानमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठलाई थप दुई लाख नेपाली कामदार लिन लागेको जानकारी दिएका हुन् ।

एसिया सहयोग संवाद (एसिडी)को मन्त्रीस्तरीय बैठकमा सहभागी भएर फर्किने क्रममा श्रेष्ठले मंगलबार पत्रकारहरूसँग भने, ‘कुवेतमा हाल एक लाख नेपाली छन् । यो वर्ष कुवेतले काठमाडौंमा दूतावास खोल्ने र दुई लाख थप नेपाली लैजाने जानकारी दिएको छ ।’ 

परराष्ट्रमन्त्री श्रेष्ठले रुसका उपविदेशमन्त्रीसँग तेहरानमा भएको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकलाई फिर्ता गर्न आग्रह गरेका थिए । कतिपयको जीवन गुमेको, घाइते भएको, धेरैको अप्ठेरो अवस्था सिर्जना भएको, नेपालीहरूको संख्यालगायतको विषयमा छलफल भएको श्रेष्ठले बताए ।

‘विविध तरिकाबाट कतिपय नेपाली रुसी सेनामा भर्ना भएको, रुसले युक्रेनसँग युद्धमा सामेल गराएको जानकारी पाएपछि रुस सरकारसँग चासो राख्दै आएका छौँ,’ उनले भने, ‘यसपटक पनि रुसी सेनामा भएका नेपालीको संख्या र अवस्थाबारे जानकारी मागे । मृत्यु भएकाको शव पठाउन, घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिन, जति नेपाली गएका छन्, मित्रतालाई ध्यानमा दिएर सबैको करार रद्द गरेर फिर्ता गराइदिनुपर्‍यो भन्ने कुरा राखेको छु ।’ श्रेष्ठले ६ जना युद्धबन्दी नेपालीलाई युक्रेनसँग युद्धबन्दी साटासाटको प्राथमिकतामा राख्न आग्रह गरेको बताए ।