१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १२ आइतबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

वसन्तकालीन हिमाल आरोहणको चहलपहल सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार o८:४o:oo

वसन्त ऋतु सुरु भएसँगै पर्यटन विभागले हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ । हालसम्म वसन्तकालीन सिजनका लागि नौवटा टिमबाट ६८ आरोहीले आधा दर्जन हिमाल आरोहणको अनुमति पाएका छन् । जसमा ४६ पुरुष र २२ महिला आरोही रहेका छन् ।

विभागले सगरमाथासहित विभिन्न हिमालहरू आरोहणका लागि हालै अनुमति दिन थालेको हो । हालसम्म २९ देशका आरोहीले ६ वटा हिमाल आरोहणको अनुमति पाएको देखिन्छ । सगरमाथा आरोहणका लागि अस्ट्रेलिया, चीन, जर्मनी, हंगेरी, सिंगापुर, दक्षिण अफ्रिका, थाइल्यान्ड र अमेरिकाका १५ आरोहीले अनुमति पाएका छन् । जसमध्ये पाँच महिला र १० जना पुरुष आरोही रहेको विभागले जनाएको छ । चीनबाट सबैभन्दा धेरै पाँचजना आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

वसन्तकालीन ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यो सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथा आरोहण गर्ने हुन्छन् । शरद् ऋतुमा सगरमाथा आरोहण खासै प्राथमिकतामा पर्दैन । शरद्मा मनास्लु, लोत्से, आमादब्लमलगायत हिमाल आरोहण गर्ने आरोही धेरै हुने गर्छन् ।

अहिलेसम्म आरोहणका लागि सुर्मा–सरोवर, नर्थ (६५२३ मि.) दुईजना, अन्नपूर्ण फस्ट (८०९१ मि.) ३४ जना, पङ्ग्री गोलदुम्बा (६६२० मि.) र मनास्लु (८१६३ मि.) ६–६ जना, थोराङ पिक (६१४४ मि.) पाँचजना र सगरमाथा (८८४८.८६ मि.) १५ जना आरोहीले अनुमति लिएका छन् । यी आरोहीबाट तीन करोड ५३ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

हालसम्म आरोहणको अनुमति लिनेमा अमेरिकाबाट आठ, नर्वेबाट चार, जापान र चीनबाट सात–सात, इन्डियाबाट चार, युकेबाट तीन, अस्ट्रेलिया, फ्रान्स, मासेडोनिया, पाकिस्तान, रोमानिया, सिंगापुर र थाइल्यान्डबाट दुई–दुईजना र अन्य देशबाट एक–एकजना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिइसकेको विभागले जनाएको छ । 

ad
ad
ad
ad