मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनकै निर्णयअनुसार तीन उम्मेदवार, जनमत पछि नहट्ने : अध्यक्ष राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १६:o१:oo

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्। पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

गठबन्धनभित्र उपराष्ट्रपतिका लागि तीनजनाको उम्मेदवारी दर्ता गर्ने र छलफल गरेर साझा उम्मेदवार तय गर्ने कुरा भएको राउतले जानकारी दिए। ‘गठबन्धनकै निर्णयअनुसार तीन उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ,’ उनले भने।

निर्वाचन आयोगको निर्णय संविधानसम्मत रहेकाले पार्टीले महिलालाई अघि सारेको अध्यक्ष राउतको भनाइ छ। गठबन्धनबाट झा सर्वसम्मत उम्मेदवार नभए पनि पार्टी पछि नहट्ने उनले प्रस्ट पारेका छन्।

‘गठबन्धनमा कुरा मिल्न सक्छ। भोलिसम्म समय छ। मलाई पूरा विश्वास छ, हाम्रो साझा उम्मेदवार ममताजीकै पक्षमा निर्णय हुनेछ। अन्तिममा कुरा मिलेन भने मित्रवत् प्रतिस्पर्धा हुन्छ,’ उनले भने।