मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ फाल्गुण २३ मंगलबार १९:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कतारकाे नयाँ प्रधानमन्त्रीमा निवर्तमान उपप्रधानमन्त्री थानी नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १९:३९:oo

शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी कतारको नयाँ प्रधानमन्त्री घोषित भएका छन्।

पूर्वप्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुल अजिज अल थानीले पेस गरेको राजीनामा अमिर शेख तमिम बिन हमद अल थानीले स्वीकृत गरेपछि शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी कतारको नयाँ प्रधानमन्त्री घोषित भएका हुन्।

उनले आजै प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि उनले सन् २०१६ देखि उपप्रधान तथा परराष्ट्रमन्त्रीको पद सम्हाल्दै आएका थिए।

सन् २०१७ जुन महिनादेखि साउदी अरेबिया, युएईलगायतका छिमेकी राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी सुल्झाउन उनको विशिष्ट योगदान छ।

त्यस्तै, गृह तथा आन्तरिक मामिलामन्त्रीमा शेख खलिफा बिन हमद बिन खलिफा अल थानी घोषित भएको अमिरी दिवानले बताएको छ।