१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २२ सोमबार ११:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘नेपाल प्रहरी–एभरेष्ट बैंक’  छात्रवृत्ति अक्षय कोष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २२ सोमबार ११:१९:००

एभरेष्ट बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा ‘नेपाल प्रहरी–एभरेष्ट बैंक’ छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने अमर–सहिद एवं अशक्त, अवकाशप्राप्त, प्रकासदेखि प्रवह दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततिहरूलाई उत्प्रेरणास्वरूप जेहेनदार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको हो । 

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषमा २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने समझदारी भएको जनाइएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त अक्षय कोषबाट नेपाल प्रहरीका अमर–सहिद एवं अशक्त, अवकाशप्राप्त अधिकारीहरूका सन्ततिलाई स्थापित अक्षय कोषले शैक्षिक जीवन उन्नत बनाउने विश्वास व्यक्त गरेका थिए । पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकले देशभरमा एक सय २४ शाखा, तीन एक्सटेन्सन काउन्टर, ३२ राजस्व संकलन केन्द्र, सात प्रादेशिक कार्यालय, एक सय ६० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।