१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘ग्लोबल मनी विक’मा एभरेष्ट बैंकले दियाे तीन हजार विद्यार्थीलाई वित्तीय सचेतना  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२१:oo

एभरेष्ट बैंकले सप्ताहव्यापी अभियान ग्लोबल मनी विकको उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ। 

उक्त कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशका शाखामार्फत विभिन्न स्कुल/क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो। बैंकले सो अभियानअन्तर्गत तीन हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरताबारे अन्तर्क्रिया गरेकाे जनाएको छ।  

‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवा माझ वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको बैंकले जनाएको छ। 

ad
ad