१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ८ शुक्रबार १o:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवाको स्पिनिङ मिल्समा एभरेष्ट बैंकको एटिएम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १o:o८:oo

एभरेष्ट बैंक लिमिटेडले स्पिनिङ मिल्समा एटिएम सञ्चालन गरेको छ । सो एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । योसँगै बैंकको एटिएमको संख्या एक सय ६३ पुगेको बताइएको छ । 

उद्घाटनका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटिएम सेवा विस्तारसँगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारी तथा मायादेवी गाउँपालिका वडा नं ३ का स्थानीय बासिन्दालाई थप सहज र सरल हुने बताए । त्यस्तै, मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रंगणमा एटिएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गरे । 

सोही अवसरमा बैंकले मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरलाई वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरेको छ ।