१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २७ शुक्रबार
  • Monday, 30 September, 2024
२o७९ माघ २७ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २७ शुक्रबार १६:२४:oo

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्।

मुख्यमन्त्री शाहसहित आर्थिक मामिलामा एकीकृत समाजवादीका नरेश शाही र भौतिक पूर्वाधार विकासमन्त्रीमा  कांग्रेसका प्रकाशबहादुर देउवाले शपथ लिएका छन्। 

प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाह र दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शाह बिहीबार साँझ संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।