मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १६ सोमबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुषामा हिरासत फोरेर ६ थुनुवा फरार

Read Time : < 1 मिनेट
२०७९ माघ १६ सोमबार १२:५५:००

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सातमध्ये ६ जना गएराति फरार भएका हुन् । फरार हुनेमा दुईजना हातहतियार, तीनजना शान्ति सुरक्षा र अभद्र व्यवहार तथा एकजना लागुऔषध मुद्दाका थुनुवा रहेका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

हिरासतमा एकजना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् । इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ ।