१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Friday, 05 July, 2024
२o७९ पौष १९ मंगलबार २o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

त्रिवेणी कपको उपाधि रोड्स रामपुर चितवनको पोल्टामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार २o:१६:oo

लमजुङको बेँसीसहरमा आयोजित ३०औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि  चितवनको रामपुर फुटबल क्लब रोड्स रामपुरले उचालेको छ । 

मंगलबार भएको फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो । 

खेलको निर्धारित समय र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले गोल गरे  । 

बागमतीका दिव गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसिम राईले गोल गरे । पेनाल्टीअघि अनिल रानाले १८औँ मिनेटमा गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, सुरेश कुमालले ३७औँ मिनेटमा गोल गर्दै रोड्सलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिएका छन् भने सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाएका छन् । उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रविन बस्नेतले पाएका छन् ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले पाँच लाख प्राप्त गर्दा उपविजेता बागमतीले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । यस्तै, सेमिफाइनलमा पराजित टोलीले ५०-५० हजार पाएका छन् ।

प्रतियोगितामा देशभरबाट १४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता पुस १२ गतेबाट सहजी खेलमैदानमा भएको थियो ।

ad
ad
ad
ad