मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १९ मंगलबार o९:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछानेसँग निर्माण व्यवसायीको भेट : २०५ मोबिलाइजेसन रकम उपलब्ध गराउन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार o९:o३:oo

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । महासंघको टोलीले सोमबार दुई उपप्रधानमन्त्रीलाई भनेर निर्माण क्षेत्रका समसामयिक समस्याबारे जानकारी गराएको हो । 

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको बताए । निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताए । उपप्रधानमन्त्री पौडेलले तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न निर्माण व्यवसायीहरूलाई सुझाव पनि दिएका थिए ।

त्यस्तै, उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्याबारे अध्ययन गरी समाधान खोजिने बताए । उप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले व्यसायीहरूलसँग कसेर नभएर सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको प्रस्ट पारे । यसैगरी, जनचाहनाअनुसार  गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीहरूलाई सुझावसमेत उनले दिएका थिए । 

उपप्रधानमन्त्रीद्वय समक्ष महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताए । सार्वजनिक खरिदको कानुनअनुसार निर्माण व्यवसायीहरूले पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेसन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गरेका थिए । 

निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहको भनाइ छ । महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षालगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, टेकबहादुर सेठी, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, सहकोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू अशोककुमार केसी, दानबहादुर खड्का उज्वल गौतम, बालाजु श्रेष्ठ, कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायतको सहभागिता रहेको थियो ।