मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १६ शनिबार
  • Tuesday, 11 March, 2025
२o७९ पौष १६ शनिबार २o:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय ब्याडमिन्टन सम्पन्न, दाहालले जिते तीन स्वर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १६ शनिबार २o:o४:oo

राष्ट्रिय ब्याडमिन्टन सम्पन्न भएकाे छ। उमेर समूहका पूर्वनम्बर एक खेलाडी प्रिन्स दाहालले शनिबार पोखरामा सम्पन्न प्रथम राष्ट्रिय खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा तीन स्वर्ण हात पारेका छन्।

दाहालले पुरुष एकलको फाइनल आर्मीका प्रफुल महर्जनलाई १९–२१, २१—१२ र २१—१४ को सेटमा पराजित गरी उपाधि जितेका हुन्। पुरुष एकल सँगै दाहालले मिक्स डबल र पुरुष डबलतर्फको खेलमा गरी तीन स्वर्ण पदक जितेका थिए। 

मिक्स डबलतर्फ दाहाल र निता लम्सालको जोडीले आर्मीका पविन लिङथेप र अनुमाया राईको जोडीलाई २१—१७, र २१—१४ को सोझो सेटमा र पुरुष डबलतर्फको विधामा दाहाल र विष्णु कटुवालको जोडीले विधान अधिकारी र आर्मीका पविन लिङथेपको जोडीलाई २१–१६, २३–२५ र २१–१९ को सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेकाे हो।

महिला एकलतर्फ आर्मीकी रसिला महर्जनले नेपालको नम्बर १ वरीयताकी खेलाडी नङ्साल तामाङलाई २४–२२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारिन्।

१७ वर्षमुनि पुरुषतर्फ आर्मीका डेभिड थापामगरले एपिएफका रोशन साउदलाई २१—९ र २१—१९ को सेटमा पराजित गर्दै स्वर्ण जिते। महिलातर्फ आर्मीकी सेस्ना सिर्पालीले आर्मीकै रेहाना शेरचनलाई २१—८ र २१—१७ को सेटमा पराजित गर्दै स्वर्ण जितिन्।

१२ वर्षमुनि पुरुषतर्फ आर्मीका सुदेश राजकोटीले तनहुँका सफल भुजेललाई २२—२० र २१—१६ को सेटमा सँगै महिलातर्फ नेक्सस इन्टरनेसनल स्कुलकी सलिना श्रेष्ठले वेल्टर ब्याडमिन्टर एकेडेमीकी नितसा रोकामगरलाई २१–१७, १७–२१ र २२–२० को सेटमा पराजित गर्दै स्वर्ण पदक जितिन्।

४५ वर्षमाथिको पुरुष डबल्सतर्फ कास्कीका राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले कास्कीकै नरबहादुर गुरुङ र विशाल हिराचनको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जिते। 

३५ वर्षमाथि पुरुष डबल्समा कास्कीका विशाल खड्का र आर्मीका सुरज महर्जनको जोडीले, महिला तर्फ एपिएफकी पूजा श्रेष्ठ र भोजपुरकी नङ्साल तामाङको जोडीले, ५५ वर्षमाथि पुरुष डबल्समा बुटवलका नारायण घिमिरे र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले स्वर्ण पदक जिते।

१३ पुषदेखि सुरु प्रतियोगितामा विभिन्न १२ विधामा काठमाडौं, कञ्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, स्याङजा, गोरखा, ललितपुर, सर्लाहीलगायत २५ जिल्लाका तीन सय खेलाडीहरूले प्रतिस्पर्धा गरेकाे आयोजक समितिका सदस्य राजेश गुरुङले जानकारी दिए।