मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १३ बुधबार १४:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खुमलटार भेटवार्तापछि ओलीले भने- मन्त्रिपरिषद् गठन र आगामी राजनीतिबारे छलफल भयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १३ बुधबार १४:२१:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

खुमलटार पुगेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् गठन र आगामी राजनीतिका विषयमा छलफल भएको छ। 

छलफलपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै ओलीले भने, ‘भर्खरै सरकार गठन भएको छ। सरकारलाई कसरी अगाडि बढाउने भन्नेबारे समसामयिक विषयमा कुरा भयो।’

प्रधानमन्त्री प्रचण्डका सचिवालय संयोजक रमेश मल्लले ओली-प्रचण्डबीच सरकारको नीति तथा कार्यक्रम र सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा विहंगम छलफल भएको बताए। उनले भोलि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने सत्तासाझेदार दलहरूको बैठकमा पनि यी विषयमा छलफल हुने जानकारी दिए। 

आज बिहान प्रचण्डले जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव  र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरेका थिए।