मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Thursday, 19 December, 2024
रासस काठमाडौं
२o७९ पौष ८ शुक्रबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार १५:५२:oo

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रुआन चाओहोङलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिएको छ।

उनीहरूले तीन नेपालीलाई फ्री भिसा र फ्री टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजार पाँच सय डलरसम्मको कमाइ हुने प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौंबाट भारत, थाइल्यान्ड हुँदै लाओस पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएपछि बिट क्वाइनमा इन्भेष्ट गराउनेलगायतका गैरकानुनी काम लगाउनुको साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए।

उक्त कार्यमा संलग्नमध्ये एकजनालाई काठमाडौं ठमेल र एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको प्रहरीले जनाएको छ।