१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Saturday, 28 September, 2024
रमेश रावल सुर्खेत
२o७९ पौष ४ सोमबार १६:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा सुरु भयो सरकार गठनको ‘रस्साकस्सी’ 

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार १६:o९:oo

कर्णाली प्रदेशमा सरकार गठनका लागि दलहरूले तीव्र तयारी थालेका छन्। समानुपातिक सांसदहरूको शपथलगत्तै दलहरूले सरकार गठनका लागि तयारी थालेका हुन्। 

कर्णाली प्रदेश सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्दै आएका छन्। 

प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको पूर्ण परिमाण आएर निर्वाचन आयोगले पुस १ गते प्रदेश प्रमुखलाई निर्वाचन परिमाण बुझाएपछि दलहरूले सरकार गठनका लागि तयारी थालेका छन्। 

कर्णाली प्रदेश सभामा ४० सांसदमध्ये कांग्रेसका १३, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी,  राप्रपा र स्वतन्त्रका एक–एकजना सांसद छन्। 

केन्द्रमा हुने राजनीतिक गठबन्धनले प्रदेश सरकारको नेतृत्वमा फरक पर्ने भएकाले अहिले गठबन्धन कस–कसले गर्लान् त्यो टुंगाे नभए पनि कर्णाली सरकारको नेतृत्व पाउनका लागि माओवादी केन्द्र र कांग्रेसले सरकारको दाबी गरिरहेका छन्। 

कर्णाली प्रदेश सरकार नेतृत्व पाउनुपर्ने माओवादी केन्द्रको दाबी

माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ। माओवादी केन्द्रले कर्णाली प्रदेशमा विगतका तुलनामा माओवादी केन्द्रको मतभार बढी आएको कारणले सरकार नेतृत्व पाउनुपर्ने दाबी गरेको हो। 

माओवादी केन्द्रको बैठक बसेर कर्णाली प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने सुझाव केन्द्रमा पठाइएको माओवादी केन्द्रका कर्णाली प्रदेश सचिव धनजित शाहीले जानकारी दिए।

‘हामीले केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा कर्णाली प्रदेश सरकार पाउनुपर्छ भनेर सुझाव दिएका छौँ,’ उनले भने, ‘विगतको भन्दा अहिले संघमा चार सिट र प्रदेश समा प्रत्यक्षतर्फ नौ सिटमा विजयी भएका छौँ। त्यो आधारमा हामीले सरकारको नेतृत्वको दाबी गरेका हौँ।’

संसदीय दलको नेता बन्न होडबाजी

कर्णालीमा संसदीय दलको नेता बन्नका लागि अहिले सांसदहरू होडबाजीमा छन् । कांग्रेस, माओवादी केन्द्र र एमालेका अहिले संंसदीय दलको नेता बन्नका लागि दुई–दुईजना आकांक्षी देखिएका छन्। 

नेपाली कांग्रेसमा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाह संसदीय दलको नेता बन्नका लागि आकांक्षी देखिएका छन्।

मुख्यमन्त्री शाही आफू नै संसदीय दलको नेता बन्ने बताइरहेका वेला शाहले अहिले सांसदहरूसँग संसदीय दलको नेता बन्नका लागि मत मागिरहेका छन्। यी दुवै नेता संस्थापन पक्षका हुन्। 

राजकुमार शर्मा र सुर्खेतका विन्दमान विष्टले दल नेतामा आकांक्षा देखाएका छन्। माओवादी केन्द्रमा को दलको नेता हुन्छ भन्ने विषयमा केन्द्रको निर्णयमा भर पर्ने माओवादीका नेताहरूको भनाइ छ।

एमालेमा दलका नेता बन्नका लागि दुईजनाले आकांक्षा देखाएको छ। एमाले प्रदेश इन्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले दल नेता बन्नका लागि आकांक्षा राखेका छन्।