मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ मङ्सिर २९ बिहीबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति बन्ने प्रस्ताव बोकेर देउवा भेट्न पुगे कांग्रेस नेता विश्वकर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १८:o९:oo

कांग्रेस नेता मानबहादुर विश्वकर्मा आफूलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव बोकेर बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गए।

उनी अब दलित समुदायबाट राष्ट्रपति बनाउनुपर्ने र त्यसमा आफूलाई प्रस्ताव गर्न आग्रह गरेका थिए। विश्वकर्माका अनुसार भेटमा आफ्नो प्रस्तावलाई सभापति देउवाले सकारात्मक रूपमा लिएको दाबी गरे।

‘तपाईं छैठौँपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ। त्यसमा लागि सहज राष्ट्रपति चाहिन्छ। त्यसका लागि म आफूलाई प्रस्तुत गर्छु,’ विश्वकर्माले आफ्नो प्रस्तावबारे नयाँ पत्रिकासँग भने, ‘म प्रोफेसर र मन्त्रीको जिम्मेवारीमा पनि रहेर काम गरेको मान्छे हुँ। दुईपटक सांसद र देशभर संगठन गरेर आएको मान्छे हुँ। राष्ट्रपति र उपराष्ट्रपतिमा मधेसी समुदायबाट भइसक्नुभएको छ। जनजातिबाट उपराष्ट्रपति बनिसक्नुभएको छ। महिला र खसआर्यबाट पनि राष्ट्रपति भइसक्नुभएको छ। अब पालो दलितको हुनुपर्छ।’  

जवाफमा देउवाले शक्ति बाँडफाँडको टुंगो लागिनसकेकाले पर्खन आग्रह गरेका थिए। जवाफमा आफूले कांग्रेसले राष्ट्रपति नपाए उपराष्ट्रपति पाएको अवस्थामा पनि दलितलाई समेट्न आग्रह गरेको जानकारी दिए।

‘अंशबन्डा हेरौँ, राष्ट्रपति कस्को भागमा पर्छ। हाम्रै भागमा पर्छ भन्ने ग्यारेन्टी छैन,’ देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘मैले केही गरी राष्ट्रपति नभए पनि उपराष्ट्रपति भए पनि त्यसमा दलितलाई दिनुपर्छ भनेको छु।’ 
 
विश्वकर्मा आफूलाई महामन्त्री विश्वप्रकाश शर्माले पनि यसमा लाग्ने आश्वासन दिएको दाबी गर्छन्। उनले यही विषयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि भेट्ने बताए। विश्वकर्मा पहिलो राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपतिका उम्मेदवार बनेका थिए।