मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार १३:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यी हुन् मलाइकाको फिटनेस मन्त्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार १३:१६:००

सन्तुलित भोजन, प्रशस्त पानी र कोकोनट वाटरले आफूलाई फिट राखेको मलाइका बताउँछिन् । उनी हार्डड्रिंक्स र धूम्रपानबाट टाढै बस्छिन् ।

बलिउड अभिनेत्री मलाइका अरोराको फिटनेसबारे निकै चर्चा हुने गर्छ । ४९ वर्षको उमेरमा पनि उनी आफ्नो फिटनेशलाई मेन्टेन गर्न सफल छिन् । 

उनी फिट रहन दैनिक योग गर्छिन्, सागसब्जी धेरै खान्छिन् ।‘मेरा कुनै फिजिकल ट्रेनर छैनन्, म हरेक दिन १५–२० मिनेट व्यायाम गर्छु,’ एक छोराकी आमा मलाइका भन्छिन्, ‘बेली डान्स, एरोबिक्स, एक्सरसाइज नियमित गर्छु । नियमित आलु खान्छु र व्यायाम पनि गर्छु । यसले मेरो शरीरको तौल नियन्त्रित गरेको छ ।’ 

मलाइका ७–८ घन्टासम्म सुत्छिन् । सन्तुलित भोजन, प्रशस्त पानी र कोकोनट वाटरले आफूलाई फिट राखेको मलाइका बताउँछिन् । उनी हार्डड्रिंक्स र धूम्रपानबाट टाढै बस्छिन् । मलाइका भन्छिन्, ‘बच्चा जन्माएपछि शरीरको आकार परिवर्तन हुने आममानिसको सोचाइ छ । तर, मेरो शरीरमा कुनै परिवर्तन आएन । शरीर तन्दुरुस्त राख्न खानपानमा ध्यान दिनुका साथै सकारात्मक सोच पनि राख्नुपर्छ ।’